वि.सं.: २०८२, मंसिर १९ शुक्रबार
इ.स.: 2025 December 5, FRIDAY
वि.सं.: २०८२, मंसिर १९ शुक्रबार
सिसडोल ल्याण्डफिल साइटमा रंगशाला बनाउने चाहना छ — प्रमुख शाह
काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले काठमाडौँको फोहोर अन्तिम व्यवस्थापन हुँदै आएको सिसडोल ल्याण्डफिल साइटमा रंगशाला निर्माण गर्ने चाहना रहेको बताउनुभएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ्सँग फुटबल विकासका सन्दर्भमा कुरा गर्दै प्रमुख शाहले यस्तो बताउनुभएको हो । ‘सिसडोल ल्याण्डफिल साइटको फोहोरलाई उचित ब्यबस्थापन गरेर हामी सुन्दर रंगशाला तथा पार्क निर्माण गर्न चाहन्छौँ । काठमाडौँको टुँडिखेललगायत महानगरका अन्य पार्क र मैदानमा फ्लड लाइट जडान गरेर राती खेल्न मिल्ने बनाउँछौँ ।’ प्रमुख शाहको भनाइ छ ।
कुराकानीका क्रममा उहाँले, काठमाडौंबाट लिग खेल्ने खेलाडी उत्पादन गर्न ग्रासरुट फुटबलका कार्यक्रम सञ्चालन गर्न चाहेको बताउनुभयो । ‘यसका लागि सम्बन्धित पक्षसँग सहकार्य गर्छौँ ।’ प्रमुख शाहले भन्नुभयो, ‘अहिले पनि काठमाडौँ महानगरले महानगरमा भएका ‘ए डिभिजन’, ‘वि डिभिजन’ र ‘सी डिभिजन’ फुटबल क्लबहरुलाई खेल सञ्चालन गर्न आर्थिक सहयोग उपलब्ध गराइरहेका छौँ ।’
नेपाली फुटबलको विकास र विस्तार गर्न आफूहरु महानगरसँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै एन्फामा वरिष्ठ उपाध्यक्ष नेम्बाङ्ले, सुशासन, आर्थिक पारदर्शिता र विकेन्द्रीकरणलाई व्यवहारमा लागू गर्दै नेपाली फुटबललाई अगाडि बढाउने बताउनुभयो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App