वि.सं.: २०८२, मंसिर १९ शुक्रबार
इ.स.: 2025 December 5, FRIDAY
वि.सं.: २०८२, मंसिर १९ शुक्रबार
निःशुल्क सार्वजनिक शौचालय सञ्चालन गर्न ३३ वटा व्यवसायिक संस्थासँग सम्झौता
काठमाडौँ । आफूसँग भएका शौचालयलाई सार्वजनिक उपयोगमा ल्याउन इच्छा देखाएका ३३ वटा व्यवसायिक संस्थासँग काठमाडौँ महानगरपालिकाले सम्झौता गरेको छ । बैङ्क, रेष्टुरेन्ट, स्कूल, प्रकाशन गृह, विजनेस कम्प्लेक्ससहित ३२ वटा संघसंस्थाका प्रतिनिधिहरुसँग सोमबार सम्झौता भएको हो । महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड््यालको रोहवरमा भएको सम्झौतामा महानगरकातर्फबाट निर्देशक नुरनिधि न्यौपानेले हस्ताक्षर गर्नुभएको थियो । यस्तै दोस्रो पक्षकातर्फबाट प्रतिनिधिहरुले हस्ताक्षर गर्नुभएको थियो । नविल बैङ्कसँग यस अघि नै सम्झौता भइसकेको छ ।
सम्झौता आउँदो ५ बर्षका लागि हो । यस अवधिमा संघसंस्थाले आफूसँग भएका शौचालयलाई सार्वजनिक प्रयोगका लागि उपलब्ध गराउनेछन् । यसरी उपलब्ध गराइएका शौचालयको मर्मत सम्भार गर्ने, सरसफाइ गर्न आवश्यक सामग्री तथा पानी, सुगन्धका सामान व्यवस्था गर्ने जिम्मा उनीहरुकै हुनेछ । यसबापत सेवाग्राहीलाई आफ्नो सेवा लिन करकाप वा प्रोत्साहन गर्ने छैनन् ।
यसरी सञ्चालन भएका शौचालयको अवस्था अनुगमन तथा मुल्याङ्कन गर्न दुवै पक्षबाट १÷१ जना प्रतिनिधि तोक्नेछ । उनीहरुले हरेक ४ महिनामा प्रतिवेदन दिनेछन् ।
महानगर क्षेत्रभित्रका होटल, रेष्टुरेन्ट, बैङ्क, व्यापारिक भवन, कम्पनी, फर्म, गैर सरकारी संघ संस्थाका शौचालयलाई सार्वजनिक बनाउन इच्छुकहरुलाई महानगरको सार्वजनिक निजी साझेदारी एकाईमा सम्पर्क राख्न सार्वजनिक आव्हान गरेको थियो ।
प्रकाशित सूचनाका आधारमा ७ दिनमा ३८ वटा संघसंस्था सम्पर्कमा आएका थिए । तीमध्ये केहीले सार्वजनिक शौचालयको लोगो निर्माण गरिदिने बताएका छन् भने सम्पर्क गरेकामध्ये सम्झौताका बेला केहीसँग सम्पर्क हुन सकेको थिएन ।
यो स्वतस्फूर्त कार्यक्रम हो । कसैलाई कर गरिएको छैन । सम्झौतापछि संक्षिप्त प्रतिक्रिया दिँदै महानगरका प्रमुख शाहले भन्नुभयो, ‘व्यापार गर्नेले सेवा पनि गर्छु भनेर आउनुभयो । यसको म प्रशंशा गर्न चाहन्छु । यसमा कसैलाई दबाब छै्रन । अब दबाबले होइन, मिलेर काम गर्नुपर्छ ।’
त्यस क्रममा सम्झौता गर्नेहरुकातर्फबाट कामना सेवा विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले, महानगरसँगको सहकार्यमा वृक्षारोपण, हरियाली प्रबर्धन, सम्पदाको पुनरुत्थानजस्ता क्षेत्रमा सहकार्य गर्न सकिने भन्दै अवसर माग गर्नुभएको थियो ।
सर्वसाधारण प्रयोगकर्तालाई सार्वजनिक शौचालय चिन्न सजिलो होस् र सबै सार्वजनिक शौचालयको पहिचान एउटै होस् भनेर संकेत चिन्ह तयार पारिएको हो । गोलो रेखाभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको छ । बिच भागमा सेतो रङ्मै महिला र पुरुषको चिन्ह रहेको छ । संकेत चिन्हको पुछारमा अंग्रेजी भाषामा ‘पब्लिक ट्वाइलेट’ लेखिएको छ ।
सम्झौता गरिएका संघ संस्थाहरु
१) टायम्स स्क्वायर, लङ् एण्ड बार, बालुवाटार
२) पशुपति भ्यु होटल एण्ड रेष्टुरेन्ट, बालकुमारी टोल
३) डेन्टल भिल्ला, वडा नं. १४, बल्खु
४) देवयानी इन्टरनेशनल नेपाल प्रा. लि. अन्तर्गत
क) पिजा हट, वडा नं. १ दरबारमार्ग
ख) केएफसी, वडा नं. १ दरबारमार्ग
ग) केएफसी, वडा नं. ६ बौद्ध
५) डाक गल्वी कोरियन हाउस, ल्याकसु गल्ली, बसन्तपुर
६) होटल रत्नज्योती, पेरिसडाँडा
७) नेक्सस ग्लोबल भिसा एण्ड इमिग्रेसन प्रा. लि, शंखमुल
८) खानेकुरा प्रा. लि., गौशाला
९) सांग्रिला डिभलपमेन्ट बैङ्क, बालुवाटार
१०) बेबिलोन नेशनल स्कूल, शान्तिनगर
११) ओटिसी किचेन रेष्टुरेन्ट, बालुवाटार
१२) नेपालय पब्लिकेसन, डिल्लीबजार
१३) बसुन्धरा एण्ड गोङ्गबु एरिया रेष्टुरेन्ट, बसुन्धरा
१४) गोमा लक्ष्मी इन्टरनेशनल, ठमेल
१५) घराना लञ्च एण्ड बार, बानेश्वर
१६) कामना सेवा विकास बैङ्क, कुलेश्वर, बौद्ध, ठमेल, ज्ञानेश्वर, कलंकी, भीमसेनगोला, नयाँ बानेश्वर, न्युरोड,
१७) सिटी एक्सप्रेस मनी ट्रान्सफर, कमलादी
१८) नेम इन्स्टिच्युट फर मेडिकल एजुकेसन प्रा. लि., पुतलीसडक
१९) आरडीएक्स बार प्रा. लि. ठमेल
२०) नेपालगञ्ज विरयानी, डिल्लीबजार पिपलबोट
२१) कार्निभल रेष्ट्रो एण्ड मिटिङ्, बिजुलीबजार
२२) बार्दली रेष्ट्रो एण्ड मिटिङ्, शंखमुल
२२) नेशनल विजनेस ट्रेड सेन्टर, कलंकी
२३) सांग्रिला डिपलपमेन्ट बैङ्क, बालुवाटार
२४) बिन्का लङ्, छाउनी
२५) प्रोग्रेसियो विस्ट्रो पिबीज रेष्टुरेन्ट, बौद्ध
२६) मिलाल्याण्ड डिभलपमेन्ट प्रा. लि., कलंकी
२७) क्रिम्पजी एडभान्चर हव, बौद्ध
२८) बर्गर हब एण्ड केसीए चिकेन, बिजुलीबजार
२९) अनुपम फुडल्याण्ड, बत्तीसपुतली
३०) रिट्रिप क्याफे, बौद्ध
३१) चिकेन स्टेशन
३२) स्तुपा हब, बौद्ध
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App