वि.सं.: २०८२, कात्तिक १० सोमबार
इ.स.: 2025 October 27,MONDAY
वि.सं.: २०८२, कात्तिक १० सोमबार
७० वर्ष उमेर पूरा भएकालाई तीर्थाटन गराउने वडाको योजना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. ३० ले ४३७ जना वरिष्ठ ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । आज नारायण चौरमा आयोजना गरिएको कार्यक्रममा महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले सम्मान पत्रबाट र वडाध्यक्ष दलबहादुर कार्कीले रुद्राक्षको मालाबाट सम्मान गर्नुभएको हो । सम्मान प्राप्त गर्नेहरुमध्ये ९८ वर्षिया महिला सबैभन्दा पाको उमेरको हुनुहुन्थ्यो ।
सम्मान कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले, वरिष्ठ ज्येष्ठ नागरिकको सक्रियताबाट आफू लक्ष्यप्रति थप प्रोत्साहित भएको उल्लेख गर्नुभयो । ‘अहिलेको सक्रियता हेरेर भन्न सकिन्छ, उहाँहरुले आफ्नो उर्जाशील उमेरमा सामाजिक, आर्थिक, शैक्षिक, प्राविधिकलगायत विभिन्न क्षेत्रको विकासका लागि अनुकरणीय काम गर्नुभएको छ । अहिले प्राप्त भएको सुख, सुविधा तथा विकासका लागि उहाँहरुको सक्रियताले ठुलो भूमिका खेलेको छ । यो पक्षलाई महानगरपालिकाले सम्मान गरिरहनेछ ।’
छुटेका दौतरी वडाले आयोजना गरेको कार्यक्रमले भेट गराउन सक्छ । यस क्षणले प्रदान गर्ने खुशीले उमेर अझ बढाउँछ । यो अभूतपूर्व अवसरमा आशीर्वाद लिन पाउनु म आफैँका लागि पनि महत्वपूर्ण अवसर हो । डंगोलको भनाइ थियो ।
सबै उमेर, वर्ग र समुदायलाई समान दृष्टिले व्यवहार गर्ने महानगरपालिकाको नीतिअनुरुप ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको वडाध्यक्ष कार्कीले धारणा राख्नुभयो । ‘युवाहरुको व्यक्तित्व तथा नेतृत्व विकासका लागि ज्येष्ठ नागरिकबाट ज्ञान र सिप लिन आवश्यक छ ।’ वडाध्यक्ष कार्कीले भन्नुभयो, ‘वडा त्यस प्रकारको वातावरण बनाउन चाहन्छ ।’
वडा सचिव देवराज जोशीका अनुसार ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकलाई तीर्थाटन गराउने वडाको योजना छ ।
सम्मानपछि ज्येष्ठ नागरिकहरुले, आफ्ना लागि सोच्ने पनि कोही रहेछन् भन्ने महसुस भएको बताउँदै ज्येष्ठ नागरिकको योगदान सम्झना गर्नेहरुले देश बनाउन सक्ने धारणा सुनाउनुभयो ।
वडामा सामाजिक सुरक्षा भत्ता ४१२ जना ज्येष्ठ नागरिक हुनुहुन्छ । ६८ वर्ष उमेर पूरा हुनुभएका ज्येष्ठ नागरिकलाई सरकारले मासिक ४ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने गरेको छ । महानगरपालिकाले मासिक १ हजार रुपैयाँका दरले पोषण भत्ता उपलब्ध गराउँछ ।






निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App