वि.सं.: २०८२, कात्तिक २१ शुक्रबार
इ.स.: 2025 November 7, FRIDAY
वि.सं.: २०८२, कात्तिक २१ शुक्रबार
प्रदर्शनीमा वि. सं. १९२० देखि अहिलेसम्मका तस्विर समावेश
काठमाडौँ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई नेपालको विगत सामाजिक संरचना, सामाजिक क्रियाकलाप, संस्कार, संस्कृति, उपभोग गरिएका वस्तु तथा सामग्रीका विषयमा ज्ञान प्रदान गर्न तस्विर प्रदर्शनी गरिएको छ । वाफलमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयबाट थालिएको प्रदर्शनी त्रिपुरेश्वरको विश्व निकेतन माध्यमिक विद्यालय र बानेश्वरमा रहेको रत्न राज्य माध्यमिक विद्यालयमा सम्पन्न गरिएको छ । यसपछि महाराजगञ्जमा रहेको शिवपुरी माध्यमिक विद्यालय र वडा नम्बर २५ मा रहेको कन्या माध्यमिक विद्यालय न्होखामा प्रदर्शन गरिनेछ । महानगरपालिकाको सहयोगमा नेपाल फोटो फाउन्डेसनले प्रदर्शनी गरेको हो ।
पठनपाठनमा बाधा नहुने गरी र विद्यार्थीहरुलाई आर्थिक भार नपर्ने गरी कार्यक्रम सञ्चालन भएको महानगरपालिकाका शिक्षा अधिकारी गोविन्दप्रसाद शर्माले जानकारी दिनुभयो ।
प्रदर्शनीमा नेपालको शिक्षा, यातायात, संस्कृति एवं चाडपर्व, दैनिक जीवनयापनका विविध पक्ष, ऐतिहासिक घटनाक्रम, नेपाली मुद्रा तथा सिक्का, विश्व सम्पदा तथा सम्पदास्थल लगायत विधाका करिब २८० वटा तस्विर राखिएका छन् । यीमध्येका ८० वटा तस्विरहरू पहिले र अहिले शीर्षकमा परिवर्तन तुलना गर्न सकिने खालका छन् । प्रदर्शित तस्विरमध्येका ६३ वटा नेपाली फोटोग्राफरले खिच्नुभएको हो । कार्यक्रमका संयोजक जीवन नेपालका अनुसार हिजोको नेपाल नामबाट सञ्चालित अभियानमा वि. संं. १९२० देखि अहिलेसम्म खिचिएका तस्विर समावेश छन् ।
यी तस्विर हेरेपछि विद्यार्थीहरूमा नेपाली समाज कसरी परिवर्तन हुँदै गएको छ ज्ञान अनुभूति गराउँछ ।




निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App