वि.सं.: २०८३, असोज २४ शनिबार
इ.स.: 2026 October 10,SATURDAY
वि.सं.: २०८३, असोज २४ शनिबार
'स्वास्थ्य सेवाको गुणस्तरीयता र विश्वसनीयता जोगाउने दायित्व स्वास्थ्यकर्मीको प्रमुख दायित्व' – स्वास्थ्य विभाग प्रमुख, के. सी.
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले आफू अन्तर्गत नियमित खोप सेवा सञ्चालन हुने स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीका लागि खोप सम्बन्धी ५ दिने तालिम सम्पन्न गरेको छ । तालिमको पहिलो ब्याचमा सहरी स्वास्थ्य प्रवर्धन केन्द्रको नियमित खोप सेवामा सम्लग्न स्वास्थ्यकर्मी सहभागी हुनुहुन्थ्यो । खोपको पहुँचमा वृद्धि, खोप सेवाको सुदृढीकरण, खोप कार्यक्रमका लागि तथ्याङ्कको प्रयोग, खोप खेर जाने दरमा सुधार ल्याउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो । आफ्नो भौगोलिक क्षेत्रभित्र रहेका नियमित खोप सञ्चालन गर्ने सरकारी तथा निजी स्वास्थ्य संस्थाहरुको खोप सेवा सुक्ष्म कार्ययोजना तयार पारेपछि तालिम सञ्चालन गरेको हो ।
तालिम समापन गर्दै स्वास्थ्य विभागका प्रमुख दिपककुमार के. सी. ले, गुणस्तरीय स्वास्थ्य सेवा कायम गराउन स्वास्थ्यकर्मीहरुको क्षमता विकासका कार्यक्रममा जोड दिइएको बताउनुभयो । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख प्रबिना कर्माचार्यले, तालिममा सिकेको ज्ञान र सिप सेवामा प्रतिबिम्बित हुनु पर्ने बताउनुभयो ।
हामीले स्वास्थ्य सेवा स्वीकार गरेर पेशा छानेका हौँ । त्यसैले व्यक्तिगतभन्दा सेवा व्यवस्थापनमा जोड हुनुपर्ने स्वास्थ्य महाशाखा प्रमुख नःलि बज्राचार्यको जोड थियो ।
खोप सम्बन्धी सेवा, खोप सेवासँग सम्बन्धित व्यवस्थापकीय क्षमता, लक्षित जनखंख्या निर्धारण, अभिलेख तथा रिपोर्टिङ र खोपको निरन्तरता, कानुनी व्यवस्था, खोप पछिका जोखिम व्यवस्थापन जस्ता विषय तालिममा समावेश थिए । खोप कार्यक्रमकी फोकल पर्सन मैयाँ सैँजुका अनुसार यस प्रकारको वृहत तालिम पहिलो पटक प्रदान गरिएको हो । यस अन्तर्गत पहिलो व्याचमा २१ जना स्वास्थ्यकर्मी सहभागी हुनुहुन्थ्यो । दोस्रो चरणमा १९ जनालाई तालिम प्रदान गरिनेछ ।
तालिममा खोपबाट बचाउन सकिने रोगहरुको सर्वेक्षण, खोप नपाएका तथा बिचैमा खोप लगाउन छाडेका बालबालिकाको पहिचान, नियमित खोप सत्रको समीक्षा लगायत विषयमा ज्ञान प्रदान गरिएको प्रशिक्षक पार्थमणि न्यौपानेले जानकारी दिनुभयो । स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकासँग समन्वय, खोप आपूर्ति तथा चिस्यान श्रृृङ्खला (कोल्ड चेन), खोप सामग्रीको आवश्यकता निर्धारण र नियमित अनुगमन, खोप सेवाबाट वञ्चित क्षेत्र, वर्ग तथा समुदाय पहिचान गर्ने र सेवा सञ्चालन गर्ने विषय समावेश थिए ।
सहरी स्वास्थ्य प्रवर्धन केन्द्र वडा नं. १८ का इञ्चार्ज यशोदा खत्रीले तालिमबाट आफूहरुलाई प्रयोग भइरहेको अभ्यासलाई अद्यावधिक गर्न सहयोग पुगेको धारणा राख्नुभयो ।








निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App