वि.सं.: २०८२, कात्तिक २३ आइतबार
इ.स.: 2025 November 9,SUNDAY
वि.सं.: २०८२, कात्तिक २३ आइतबार
ल्याण्डफिल साइटमा भएका साधन तथा उपकरण र फोहोर बोकेर गएका गाडी तोडफोड
काठमाडौँ । गए राती फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारीमा तोडफोड भएको छ । बञ्चरे डाँडा स्यानिटरी ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापनमा परिचालन हुने काठमाडौँ महानगरपालिकाका २ वटा डोजर र एउटा एस्काभेटर तथा काठमाडौँबाट फोहोर बोकेर गएका, रात परेर खन्याउन नपाएका आलेटारनजिक पार्किङ् गरेर राखिएका गाडीहरुमा तोडफोड भएको हो । वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राई भन्नुहुन्छ, ‘राती ९ बजे भएको घटनाको यो प्रारम्भिक जानकारी हो । हामीले जिल्ला प्रहरी कार्यालय नुवाकोट र धादिङ्लाई क्षतिको विवरण पठाउन पत्राचार गरेका छौँ । त्यहाँबाट पत्र आएपछि वास्तविकता एकिन हुन्छ ।’ उहाँले पछिल्लो सूचनाका बारेका जानकारी दिँदै भन्नुभयो, ‘स्थानीय प्रहरीबाट अहिले मुचुल्का उठाउने काम भइरहेको जानकारी प्राप्त भएको छ ।’
तोडफोड गरिएका सवारी तथा उपकरणहरुमध्ये क्यापिङ् गर्ने र फोहोर पेल्ने काममा प्रयोग हुने डोजर र एक्साभेटर चलाउनै नसकिने गरी फोडिएका छन् । यस्तै रोकेर राखिएका गाडीहरुको शिशा फोडिएको छ ।
घटनाका बारेमा महानगरका प्रमुखको सचिवालय सदस्य ईञ्जिनियर सुनिल लम्साल भन्नुहुन्छ, ‘महानगरमा बालेन्द्र शाह (बालेन) ले प्रमुखका रुपमा निर्वाचित भएर आएदेखि नै अवरोध हुँदै आएको छ । शुरुवातमा हामीले मुख्य समस्या भनेको सडक हो भन्ने बुझेर त्यही अनुसार काम गर्यौं । यसका लागि सडक विभागलाई नियमित कामका लागि दबाब दिँदै गयौँ । महानगरबाट बजेटको व्यवस्था गर्यौं। यसरी काम गरिरहँदा हामीलाई के जानकारी भयो भने अवरोध हुनुको पछाडि फोहोर र पूर्वाधार निर्माणसँग सम्बन्धित स्थानीय व्यवसायको सम्बन्ध छ ।’ इञ्जिनियर लम्साल भन्नुहुन्छ, ‘स्थानीय सबैको होइन, केहीका यस्ता माग छन् । जुन खुलेर माग्न सकिँदैन । त्यसलाई पूरा गर्न फोहोर व्यवस्थापमा अवरोध गर्नुलाई हतियार बनाइएको छ । हिजोको तोडफोड यसैको सृङ्खला हो ।’
समय क्रममा सबै कुरा बाहिर आउँछन् । अहिले यति भनौँ, आन्दोलनरत पक्षले आफ्नो व्यवसायबाट ढुङ्गा खरिद गराउन चाहन्छन् । मल कारखाना त्यही क्षेत्रमा बनाउन चाहन्छन् । वासिङ् सेन्टर आफू अनुकुल सञ्चालन गराउन चाहन्छन् । लम्साल भन्नुहुन्छ, ‘हाम्रो प्राथमिकता भनेको लिचेड व्यवस्थापन हो । दुर्गन्ध हटाउनु हो । झिँगालगायत कीराहरुको फैलावट रोक्नु हो । हामी प्रणालीमा काम गर्न चाहन्छौँ । प्रभावित क्षेत्रको वातावरण र जनस्वास्थ्यप्रति जिम्मेवार भएर काम गर्न चाहन्छौँ । यो कुरा व्यक्तिगत लाभका लागि सोच्नेहरुका लागि पचेको छैन ।’
तोडफोड गरिएका सवारी तथा उपकरण काम नलाग्ने भएपछि आज फोहोर व्यवस्थापनका काम हुन सकेको छैन ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App