वि.सं.: २०८२, पुस ५ शनिबार
इ.स.: 2025 December 20,SATURDAY
वि.सं.: २०८२, पुस ५ शनिबार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत महानगरपालिकाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउने गरी आइतबार सम्झौता भयो । सम्झौतामा महानगरपालिकाका तर्फबाट स्वास्थ्य विभागका प्रमुख दिपक कुमार के. सी. ले र वैद्यखानाका तर्फबाट कार्यकारी निर्देशक डा. प्रदीप के. सी. ले हस्ताक्षर गर्नुभयो ।
सम्झौतापछि विभागका प्रमुख के. सी. ले आधारभूत स्वास्थ्य सेवाअन्तर्गत आयुर्वेदिक औषधि वितरणमा सहज हुने विश्वाश व्यक्ति गर्नुभयो । यस्तै वैद्यखानाका कार्यकारी निर्देशक के. सी. ले औषधिको गुणस्तरीयतामा संवेदनशील भएर माग पूर्ति गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमका फोकल पर्सन ज्ञानबहादुर ओलीका अनुसार अहिले महानगरपालिकाले सञ्चालन गरेको आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट नेपाल सरकारले निःशुल्क वितरणका लागि तोकेका औषधिहरु वैद्यखानाबाट उपलब्ध भएसम्म त्यहीँबाट प्राप्त गर्ने योजना रहेको बताउनुभयो । महानगरपालिकाले यसप्रकारको सहकार्य नेपाल औषधि लिमिटेडसँग पनि गरिसकेको छ ।
सम्झौताबमोजिम वैद्यखानाले औषधिको ७५ प्रतिशत उपभोग अवधि बाँकी रहेका औषधि माग भएको ७ दिनभित्र उपलब्ध गराउनेछ ।
यो सम्झौता २०८३ असार मसान्तसम्मका लागि हो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App