वि.सं.: २०८२, कात्तिक २७ बिहीबार
इ.स.: 2025 November 13,THRUSDAY
वि.सं.: २०८२, कात्तिक २७ बिहीबार
काठमाडौँ । क्षमा पूजा गरेर नरः दे (हाँडीगाउँ) मा रहेको गहनापोखरी पुनःनिर्माणको काम प्रारम्भ गरिएको छ । ५ करोड २० लाख रुपियाँ लागतमा पोखरीको पुनःनिर्माण हुनेछ । निर्माण कार्यका लागि सुजन राज जेभीलाई २०८२ असोज ३१ गते सम्पदा तथा पर्यटन विभागले कार्यादेश दिएको छ । पोखरीको पुनःनिर्माण २०८३ असोज ३० गतेभित्र सम्पन्न गरिसक्नु पर्नेछ ।
‘हाँडीगाउँ प्राचीन शैलीमा फर्काउने गुरुयोजना अन्तर्गत हामीले काम गरिरहेका छौँ ।’ पुनःनिर्माणका विषयमा वडाध्यक्ष वीरेन्द्र प्रजापती भन्नुहुन्छ, ‘मौलिकता र सांस्कृतिक पहिचान, पुनःनिर्माणका मुख्य आधार हुन् । विगतमा भएका कमजोरी सच्याउँदै अहिले हामी प्राचीन शैली पछ््याइरहेका छौँ ।’
पोखरीको विगत स्मरण गर्दै वडाध्यक्ष प्रजापती भन्नुहुन्छ, ‘पहिले छेउमा कम गहिराई थियो । जात्रामा खट लिएर जाँदा पहिले पिँडुलासम्म पानी आउँथ्यो । त्यसपछि जति भित्र गयो, उति गहिराइमा पुगिन्थ्यो । यसप्रकारको गहिराईले दिने रौनकता छुट्टै थियो । त्यो स्वरुप विग्रिएर अहिले पौडी पोखरी जस्तो भएको छ । पोखरीभित्र छिर्ने वित्तिकै डुब्ने गरीको पानी छ । यो त्रुटि हो । यसलाई सच्याएर पहिलेकै जस्तो गरेर छेउमा कम गहिरो र बिचतिर जाँदा धेरै गहिरो हुने पोखरी बनाउँछौँ ।’
उहाँले पोखरीमा आउने पानी बुढानीलकण्ठ भएको बताउँदै स्थानीय स्रोत पनि भएको उल्लेख गर्नुभयो । ‘पोखरीको छेउमा रहेको राधाकृष्ण देवस्थान बुढानीलकण्ठबाट आउने पानीको नाली भएको र जात्राका बेला त्यो नालीमा पानी थाप्ने गरिएको हामीले देखेका हौँ ।’ उहाँले विगत सुनाउनुभयो ।
सांस्कृतिक मूर्त सम्पदाको पुनःस्थापनामा महानगरपालिकाको यो महत्वपूर्ण योजना हो । सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई भन्नुहुन्छ, ‘महानगरपालिकाको लगानीबाट सहरले प्राचीन स्वरुप प्राप्त गर्दैछ । यसबाट सबैले गर्व गर्न सक्ने संरचना तयार हुनेछ ।’
योजनाका फोकल पर्सन वरिष्ठ इञ्जिनियर रविन्द्र रिजालका अनुसार पोखरी, त्यसको वरिपरि पैदल मार्ग, हरियाली प्रवर्धन र सडक आडमा भएका खाली ठाउँमा फल्चा, खेल्ने ठाउँलगायत संरचना हुनेछन् । त्यसमध्ये १३ हजार वर्गफिटमा पोखरी निर्माण हुनेछ । पोखरीको वरिपरि ६ फिटदेखि ८ फिटसम्मको पैदल मार्ग हुनेछ । त्यसको बाहिर कालोपत्रे सडक छ । यसको बाहिर दक्षिणतर्फ १ सय वर्गफिट क्षेत्रफलको ३ कवलको एउटा र उत्तरपट्टि ३१७ वर्गफिट क्षेत्रफल भएको ९ कवलको एउटा फल्चा निर्माण हुनेछ । दक्षिण–पश्चिममा २९६ वर्गफिट क्षेत्रफलको प्रहरी विट निर्माण हुनेछ । यसको नजिकमा ५९० वर्गफिट क्षेत्रफल भएको भवन निर्माण हुनेछ । जसको तल्लो तलामा पर्यटक सूचना केन्द्र र माथिल्लो तलामा पुस्तकालय हुनेछ ।
गहना पोखरीसँग सम्बन्धित लोक कथन
गहना खोज्ने जात्रा सञ्चालन हुने पोखरी, कुनै बेला आगो निस्किरहने तलाउ थियो । त्यहाँ सुनको पेटिका प्रकट हुन्थ्यो । त्यो पेटिकालाई कसैले लिने प्रयास ग¥यो भने ऊ तलाउमा डुब्थ्यो । त्यहाँबाट फर्कनै सक्दैनथ्यो । त्योे पेटिकाको सुन भावी बुद्ध बोधिसत्व मैत्रेयको मुकुटको सुन थियो भन्ने गरिन्छ । यसलाई अग्निवमन गर्ने नागहरुले सुरक्षा दिएर राखेका थिए ।
नरः दे (हाँडीगाउँको प्राचीनता)
लिच्छवीकालीन नगर सभ्यताको केन्द्र मानिने हाँडीगाउँ स्वतन्त्र राज्य व्यवस्थाबाट सञ्चालित थियो । शिव शक्ति र भक्तिका स्थान, बास्तुकला, चित्रकला, मूर्तिकला, चैत्य, बिहारजस्ता सम्पदाको एकै ठाउँमा अवलोकन गर्न सकिने ठाउँ थियो ।
यस ठाउँलाई पूर्व लिच्छवि, बर्मा तथा लिच्छवि कालको संस्कृति र सम्पदाको लागि सर्वाधिक प्राचीन स्थानको रुपमा लिइन्छ । सत्यनारायण परिसरमा प्राचीन बस्ती र पूर्व लिच्छवि कालका मन्दिरहरु भएको प्रमाण पाइन्छ । इसापूर्व दोश्रो शताब्दीका पुरातात्विक अवशेष र अन्य सम्पदा भवनहरुको जग यसै क्षेत्रमा मात्र छन् । लिच्छवी कालमा स्थापना भएकोे मनमानेश्वरी, सत्यनारायण, गरुड, भारवीको धारा, अंशुवर्माको वडापत्र रहेको डबली, न्याल्मलोंह, चौखटको चोक्ट्या नारायणको चोक, कैलाशकुट भवनको चमत्कारी तलाउ यस क्षेत्रको इतिहास हुन् । किराँत कालको हाँडीगाउँ (जसलाई अण्डीपृङ्ग भनिन्थ्यो), टुँछें, नासद्यो (थटाल टोल), नासद्यो (कोटाल टोल), द्योछें (दथुटोल) यसका क्षेत्र हुन् ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App