वि.सं.: २०८२, फागुन २१ बिहीबार
इ.स.: 2026 March 5,THRUSDAY
वि.सं.: २०८२, फागुन २१ बिहीबार
काठमाडौँ महानगरको वार्षिक समीक्षा : तथ्य र तथ्याङ्कीय विश्लेषणमा प्रमुख शाहको जोड
काठमाडौँ । काठमाडौँ महानगरले आ. व. २०७८/०७९ मा ७ अर्व ३१ करोड ३५ लाख २९ हजार ४४२ रुपैयाँ ४७ पैसा खर्च गरेको छ । स्वीकृत १६ अर्ब ५२ करोड ८७ लाख ११ हजार रुपैयाँको ४४.२४ प्रतिशत खर्च भएको हो । आज राष्ट्रिय सभा गृहमा चलिरहेको वार्षिक समीक्षा बैठकमा वित्त विभागले यो अङ्क प्रस्तुत गरेको हो ।
बैठकमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले, समीक्षाबाट गएको बर्षमा भएका कामको तथ्य र तथ्याङ्कीय अवस्था प्राप्त हुने अपेक्षा गर्नुभयो । ‘यस्ता सूचनाबाट राम्रा कामलाई निरन्तरता दिन, कमजोरी सुधार गर्न तथा अभाव कम गराउन मद्दत हुनेछ । यसबाट चालु आर्थिक बर्षको कार्यक्रम कार्यान्वयनमा सहयोग हुनेछ ।’ प्रमुख शाहले भन्नुभयो, ‘यस बर्ष स्वीकृत कार्यक्रमलाई कार्ययोजना र समय तालिका बनाएर कार्यान्वयन गराउनुपर्छ ।’
त्यस क्रममा प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले, ‘प्रस्तुतिहरुमा समस्यासँगै समाधानका उपाय सुझावका रुपमा आउनु पर्ने औल्याउनुभयो ।’ समीक्षाबाट प्राप्त भएको तथ्यका आधारमा सुधार गर्दै जानुपर्छ । विगतमा देखिएका कमजोरी दोहोरिन दिनु हुँदैन । यसबाट महानगरले चालु आर्थिक बर्षको कार्यक्रम कार्यान्वयनमा प्रगति गर्न सक्छ । प्रमुख प्रशासकीय अधिकृत पौड्यालको भनाइ थियो ।
‘जनप्रतिनिधिले बनाएका नीतिहरु कर्मचारीहरुले प्रभावकारी कार्यान्वयन गराउनुपर्छ । महानगरलाई जनताले हेर्न, देख्न र महसुस गर्ने ठाउँ नै यही हो ।’ समीक्षामा महानगरका प्रवक्ता एवं वडा १७ का अध्यक्ष नविन मानन्धरले, प्राथमिकता र जनसरोकारका विषयलाई प्राथमिकतामा राखेर चालु आर्थिक बर्षका कार्यक्रम सञ्चालन गर्नु पर्नेमा जोड दिनुभयो ।
गएको बर्ष स्वीकृत नीति तथा कार्यक्रमका आधारमा कार्यान्वयन गरिएका र गर्न नसकिएका कार्यक्रमको मूल्याङ्कनका लागि समीक्षा बैठक आयोजना गरिएको हो । बैठकमा योजना अनुगमन तथा मूल्याङ्कन एकाईका प्रमुख नरेन्द्र विलास बज्राचार्यले बताउनुभयो ।
बैठकमा विभाग, आयोजना, एकाई, सचिवालय गरी २४ क्षेत्रबाट प्रस्तुतिकरण हुनेछ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App