वि.सं.: २०८२, कात्तिक १७ सोमबार
इ.स.: 2025 November 3,MONDAY
वि.सं.: २०८२, कात्तिक १७ सोमबार
महानगरको २ अर्ब ४ करोड २७ लाख ७६ हजार ७०५ रुपैयाँ बेरुजु फर्स्यौट
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको २ अर्व ४ करोड २७ लाख ७६ हजार ७०५ रुपैयाँ ९४ पैसा वेरुजु फर्स्यौट भएको छ । आर्थिक बर्ष ०७३/०७४ देखि ०७६/०७७ सम्म ४ बर्षको ४ अर्व ८२ करोड ५७ लाख ९९ हजार रकम वेरुजु कायम थियो । यसबाट फर्स्यौट हुन बाँकी २ अर्ब ७८ करोड ३० लाख २२ हजार ६३२ रुपैयाँ वेरुजुमा आर्थिक बर्ष ०७७/०७८ को १ अर्व ६ करोड ७४ लाख ४४ हजार रुपैयाँ वेरुजु थपिएको आन्तरिक लेखा परीक्षण तथा समपरीक्षण एकाईका प्रमुख गोपालप्रसाद पोखरेलले जानकारी दिनुभयो । यसरी हेर्दा अब महानगरले फस्र्यौट गर्नुपर्ने वेरुजुको अङ्क ३ अर्ब ८५ करोड ४ लाख ६७ हजार पुगेको छ ।
‘वेरुजु फर्स्यौटमा हामीले प्राप्त भएको उपलब्धी महत्वपूर्ण हो । यति ठूलो रकम फर्स्यौट न विगतमा भएको थियो । सम्भवतः न भविष्यमा हुन्छ ।’ महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल भन्नुहुन्छ, ‘धेरै मिहनेत र सामुहिक प्रयासले यो सम्भव भएको हो । कतिपय वेरुजु प्रक्रियामा आवश्यक पर्ने कागजपत्र नभएर पनि देखिएको छ । प्रक्रियागत सामान्य सुधारबाट पनि वेरुजुको संख्या कम गराउन सकिन्छ । विगतको सिकाइबाट वित्तिय सुशासनमा हामी कडाईका साथ काम गर्नेछौँ ।’
महालेखापरीक्षकको कार्यालयले आर्थिक बर्ष २०७३/०७४ देखि काठमाडौँ महानगरपालिकाको अन्तिम लेखापरीक्षण गर्न सुरु गरेको हो । त्यसपछिका आर्थिक बर्षहरुको छुट्टाछुट्टै वार्षिक लेखा परीक्षण प्रतिवेदनमा बेरुजु कायम गरिएको छ । जसअनुसार सुरुको बर्ष अर्थात् आर्थिक बर्ष २०७३/०७४ सम्म भएको १ अर्व १० करोड २५ लाख ५८ हजार ३३८ रुपैयाँ वेरुजुमध्ये २५ करोड ८० लाख ९५ हजार ३६६ रुपैयाँ ६२ पैसा वेरुजु फर्स्यौट भयो । समपरीक्षण एकाईका प्रमुख पोखरेलकाअनुसार यो बर्षमा असुल गर्नुपर्ने ६ करोड ११ लाख ६० हजार रुपैयाँ, अनियमित देखिएको ४९ लाख ४४ हजार रुपैयाँ र प्रमाण कागजात पेश नभएको ८१ करोड ९२ लाख ५८ हजार रुपैयाँ थियो ।
आर्थिक बर्ष २०७४/०७५ मा उठान भएको ३४ करोड २७ लाख ३० हजार वेरुजु रकममा १९ करोड ४४ लाख ३१ ह्जार ५७७ रुपैयाँ ३३ पैसा फर्स्यौट भयो । यसमा १० करोड ६७ लाख ६५ हजार रुपैयाँ असुल गर्नुपर्ने, १३ करोड ७४ लाख ८६ हजार रुपैयाँ अनियमित देखिएको र २ करोड ३४ लाख २५ हजार रुपैयाँ प्रमाण कागजपत्र पेश नभएको रकम भएको पोखरेलको भनाइ छ ।
यसै गरी आर्थिक बर्ष २०७५/०७६ मा औँल्याइएको १ अर्ब ४३ करोड ९३ लाख ५७ हजार रुपैयाँ बेरुजुमध्ये ४४ करोड ४८ लाख ९६ हजार ५०२ रुपैयाँ ९८ पैसा फर्स्यौट भयो । यसमा ८४ करोड १३ लाख ६४ हजार रुपैयाँ असुल गर्नुपर्ने, ३५ करोड ११ लाख ५५ हजार रुपैयाँ अनियमित भएको र १३ करोड ६ लाख २८ हजार रुपैयाँ प्रमाण कागजपत्र पेश नभएको वेरुजु थियो ।
आर्थिक बर्ष २०७६/०७७ मा १ अर्ब ९४ करोड ११ लाख ५४ हजार रुपैयाँ वेरुजु उठान भएकोमा १ अर्ब १४ करोड ५६ लाख ६२ हजार २५९ रुपैयाँ १ पैसा फर्स्यौट भएको छ । उठान भएको वेरुजु रकममध्ये ५३ करोड ४८ लाख ५३ हजार रुपैयाँ असुल गर्नुपर्ने, १ अर्ब ३ करोड १९ लाख १९ हजार रुपैयाँ अनियमित भएको र ३१ करोड १६ लाख १६ हजार रुपैयाँ प्रमाण कागजपत्र पेश नभएको वेरुजु रकम थियो ।
विगतमा भएको वेरुजु अङ्क घटाउन तथा आउँदा दिनमा हुन नदिन महानगरको आन्तरिक लेखापरीक्षण शाखाले नियमित रुपमा आन्तरिक लेखापरीक्षण गर्ने गरेको छ । यसरी गरिएको कामको चौमासिक र बार्षिक प्रतिबेदन तयार हुन्छ । यसबाट वेरुजु उठान हुने गरेको छ ।
रजिष्ट्रर्ड लेखापरीक्षकबाट अन्तिम लेखा परीक्षण गराउँदा आर्थिक बर्ष २०७२/०७३ को अन्त्यसम्ममा ३६ करोड १५ लाख १० हजार ३ सय १३ रुपैयाँ वेरुजु थियो । त्यसअघिको ६५ करोड ७६ लाख ३५ हजार १ सय ३९ रुपैयाँ वेरुजुमध्ये २९ करोड ६१ लाख २४ हजार ८ सय २५ वेरुजु फर्स्यौट भएर यो अङ्क कायम भएको थियो ।
महालेखापरीक्षकबाट प्राप्त ४ बर्षको प्रतिवेदनले औल्याएका वेरुजुलाई शून्य गर्न र आगामी दिनमा बेरुजु नहुने सुनिश्चित गर्न नीतिगत तहबाट समसामयिक कानुन निर्माण र सशोधन गर्नुपर्छ । पोखरेल भन्नुहुन्छ, ‘योजना तथा कार्यक्रम कार्यान्वयनमा बाधा आए तत्काल कार्यपालिका वा नगरसभामा लगेर निर्णय गर्नुपर्छ । कार्यान्वयन तहले आफ्नो क्षेत्रको वार्षिक कार्यतालिका बनाएर योजना तथा कार्यक्रम कार्यान्वयन गर्नुपर्छ । जिम्मेबारीअनुसार अनुगमन गर्ने तथा पृष्ठपोषण लिने दिने भएमा बेरुजुको क्रमशः शुन्यतातिर जान्छ ।’
महानगरभित्र भएका सामुदायिक विद्यालयहरु काठमाडौँ महानगरपालिकाअन्तर्गत पर्छन् । यिनीहरुले सञ्चालनका लागि सरकारबाट अनुदान प्राप्त गरिरहेका छन् । आयतर्फ भवन भाडाामा लगाएर आय गरिरहेको अवस्था पनि छ । यसलाई पनि महानगरको लेखा परीक्षण दायरामा ल्याउन लागिएको छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App