वि.सं.: २०८२, कात्तिक २२ शनिबार
इ.स.: 2025 November 8,SATURDAY
वि.सं.: २०८२, कात्तिक २२ शनिबार
करिअर क्याम्पका विद्यार्थीले पाए जिम्मेबारी
चन्द्रमणि भट्टराई
श्रावण १०
काठमाडौं । श्रावण १ गतेबाट करिअर क्याम्पमा सहभागी भएका इञ्जिनियर र आर्किटेक्ट विधाका विद्यार्थीले महानगरको सहरी योजना आयोगबाट विभिन्न योजना तयार गर्ने जिम्मेवारी पाएका छन् । अहिले उनीहरुलाई वडा स्तरीय ३ करोड रुपैयाँसम्मका योजना तयार गर्न दिइएको छ । यस अघि विनियोजन भएको विकास खर्च गर्न महानगरलाई प्राविधिक तयारीको अभाव थियो । यसकारण विकास लागि पैसा हुन्थ्यो तर काम हुँदैनथ्यो । अब यो समस्या सकिन्छ, आयोगका सदस्य सचिव सरोज बस्नेत भन्नुहुन्छ — अहिले तयार गरेका योजना हामी भदौभित्र बुझाउँछौं । त्यसपछि अरु योजना निर्माणमा लाग्छौं ।
समूह १ सदस्यहरुले वडा नं. ७ का प्राथमिक योजनाहरुका साथमा वडा नं. ३० धोवीधाराको किरियापुत्री भवन, वडा नं. ३१ को सामुदायिक भवन र सोही वडाको जेष्ठ नागरिक स्याहार केन्द्रको नक्सा तयार गर्दैछन् । समूह २ का विद्यार्थीहरुले माइतीघर मण्डलादेखि तीनकुनेसम्मको पैदल मार्ग यात्रुमैत्री भए नभएको अध्ययन गर्दैछन् । ती मार्ग कति सुरक्षित छन् ? युनिभर्सल डिजाइन अनुसारका छन् कि छैनन् वा पहुँचयुक्त छन् कि छैनन्? अध्ययन गरेर सुधारका उपाय पनि देखाउनेछन् । यससँगै उनीहरुले टुँडिखेल वरपर, कोटेश्वर र सातदोबाटो क्षेत्रमा आकाशे पुलको आवश्यकता, उपयोगिता र पहुँचको पनि अध्ययन गर्दैछन् ।
यस अघि विनियोजन भएको विकास खर्च गर्न महानगरलाई प्राविधिक तयारीको अभाव थियो । यसकारण विकास लागि पैसा हुन्थ्यो तर काम हुँदैनथ्यो । अब यो समस्या सकिन्छ । सरोज बस्नेत, सदस्य सचिव, सहरी योजना आयोग, कामपा
समूह ३ मा परेका विद्यार्थीले विश्व सम्पदा क्षेत्रहरु हनुमान ढोकादेखि स्वयम्भू जोड्ने सम्पदाको मार्गको खाका बनाउँदैछन् । स्थानीय जनजीवन, विद्यमान सांस्कृतिक भौतिक अवस्था, कला, संस्कार र सम्पदासँग पर्यटकीय गतिविधि बढाउने महानगरको लक्ष्य पूरा गराउन उनीहरुलाई यो जिम्मेवारी दिइएको हो । यसै समूहले महानगरको वडा नं. १ मा रहेको कमलपोखरी संरक्षण योजना पनि तयार गर्नेछ । यसै गरी समूह ४ ले वडा नं. ५ मा रहेको गहना पोखरीको संरक्षण, सोही वडामा पार्क विकास, भाटभटेनीको पाटी तथा कुमार कार्तिकेय मन्दिर पुननिर्माणको नक्सासहित योजना बनाउँदैछ ।
समूह ५ को भागमा वडा नं. १२ को पचली भैरव, द्याचलखु र बरननी पाटी संरक्षण र वडा नं. २१ को सिलखाना पार्क निर्माणको योजना भागमा परेको छ ।
उनीहरुले यो काम ३ महिनाभित्र सम्पन्न गर्नेछन् । यस क्रममा उनीहरुले, स्थानीयबासीसँग योजनाका विषयमा छलफल गर्ने, त्यस क्षेत्रको उपयोग, अहिलेको अवस्था, सांस्कृतिक सामाजिक तथा पुरातात्विक मूल्यको अध्ययन गर्नेछन् भने यस क्रममा प्राप्त भएका सुझाव समेटेर योजनाको आधार तयार गर्नेछन् । लाभ लागत विश्लेषण गरेर दिगो परियोजना तयार गर्नु उनीहरुलाई प्रदान गरिएको प्रमुख जिम्मेवारी भएको, सहरी योजना आयोगका सदस्य सचिव बस्नेतले जानकारी दिनुभयो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App