वि.सं.: २०८२, मंसिर २४ बुधबार
इ.स.: 2025 December 10,WEDNESDAY
वि.सं.: २०८२, मंसिर २४ बुधबार
काठमाडौं– काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि आवेदन आह्वान गरेको थियो । उक्त आवेदन प्रक्रियामा देशभरका ७७ वटै जिल्लाबाट कुल १७ हजार २२९ विद्यार्थीले आवेदन दिनु भएको छ ।
शिक्षा विभागका शिक्षा अधिकृत लक्ष्मी पौडेलका अनुसार आवेदन दिने विद्यार्थीहरूमा विज्ञान विषयमा १२ हजार ३३७, व्यवस्थापन विषयमा ४ हजार ४८१, मानविकी विषयमा ३४, शिक्षा विषयमा १०४ र कानुन विषयमा २७३ जनाले आवेदन दिनु भएको छ । यो तथ्यांकले विज्ञान विषयप्रति विद्यार्थीहरूको उच्च आकर्षण देखाउँछ, जुन कुल आवेदनको झन्डै ७१% हो ।
हाल सबै प्राप्त आवेदनहरूको रुजु कार्य तीव्र गतिमा भइरहेको छ । यो प्रक्रिया असार ३२ गते बिहानसम्म सम्पन्न हुने र त्यसपछि बाँकी प्रक्रियाहरू पूरा गरी साउन १ गते देखि विद्यार्थीहरूले अनलाइनमार्फत प्रवेश पत्र डाउनलोड गर्न सक्नु हुने छ । प्रवेश पत्र डाउनलोड गर्न काठमाडौं महानगरपालिकाको आधिकारिक वेबसाइट www.kathmandu.gov.np वा entrance.kathmandu.gov.np मा गएर “एडमिट कार्ड“ बटनमार्फत आवश्यक विवरण भरेर प्राप्त गर्न सकिनेछ । प्रवेश पत्रमा परीक्षा केन्द्रसम्बन्धी जानकारी पनि उल्लेख हुनेछ ।
| विषय | सामुदायिक | संस्थागत | महिला | पुरुष | अन्य | जम्मा |
| विज्ञान | 7290 | 5046 | 4774 | 7558 | 4 | 12336 |
| व्यवस्थापन | 2604 | 1878 | 1639 | 2841 | 2 | 4482 |
| मानविकी | 18 | 16 | 20 | 14 | 34 | |
| शिक्षा | 43 | 61 | 47 | 57 | 104 | |
| कानुन | 132 | 141 | 142 | 131 | 273 | |
| जम्मा | 10087 | 7142 | 6622 | 10601 | 6 | 17229 |
छात्रवृत्तिका लागि आवेदन दिने विद्यार्थीहरुको विवरण
छात्रवृत्ति परीक्षा साउन ३ गते बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ । परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित हुनेछ, जसमा अनिवार्य गणित, विज्ञान र अंग्रेजी विषयबाट ३०/३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न सोधिनेछ । सबै प्रश्नहरू बहुवैकल्पिक प्रकारका हुनेछन् । परीक्षा उत्तीर्ण गर्न न्यूनतम ४० प्रतिशत अंक प्राप्त गर्नुपर्नेछ र गलत उत्तरका लागि नकारात्मक अंकन (नेगेटिभ मार्किङ) गरिने छैन ।
परीक्षापछि मेरिट सूचीका आधारमा छात्रवृत्ति प्रदान गरिनेछ । यो छात्रवृत्ति कार्यक्रमले आर्थिक रूपमा विपन्न तर जेहेन्दार विद्यार्थीहरूलाई विद्यालय शिक्षाको अन्तिम तह (कक्षा ११, १२) छानेको शिक्षण सस्थाबाट प्राप्त गर्ने अवसर प्रदान गर्ने लक्ष्य राखेको छ । काठमाडौं महानगरपालिकाले यो कार्यक्रममार्फत गुणस्तरीय शिक्षालाई पहुँचयोग्य बनाउन र विद्यार्थीहरूको शैक्षिक भविष्यलाई उज्ज्वल बनाउन प्रयास गरिरहेको शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञवालीले जानकारी दिनु भयो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App