वि.सं.: २०८२, माघ २० मंगलबार
इ.स.: 2026 February 3,TUESDAY
वि.सं.: २०८२, माघ २० मंगलबार
मंसिर ८ र ९ गते नन्दीकेशर वगैँचा (नारायण चौर) सम्पन्न महोत्सवका समीक्षा
काठमाडौँ । लैङ्गिकताका मुद्दामा पुरुषहरुको समान सहभागिताा हुनु ‘वाउ फेस्टिभल’को मुख्य सन्देश हो । मंसिर ८ र ९ गते काठमाडौँको नन्दीकेशर बगैँचामा आयोजना भएको फेस्टिभलको समीक्षा गर्दै आज उपप्रमुख डंगोलले भन्नुभयो, ‘लैङ्गिमैत्री समाज निर्माण गर्न आपसी ज्ञान, सिप, अनुभव, भोगाइ र सिकाइका कोणबाट महोत्सव उत्कृष्ठ रह्यो । महानगरपालिकाले प्रवर्धन गरेको एक वडा एक नमूना उद्यम कार्यक्रमबाट सहभागीहरुले १ लाख ३० हजार रुपैयाँसम्मको व्यापार गरेको खवर पाएँ । महिला उद्यमशीलता र आत्मनिर्भरताका दृष्टिले यो ठूलो उपलब्धि हो ।’
‘लैङ्गिकमैत्री सहर निर्माण गर्न साझेदारितामा आयोजना गरिएको यो कार्यक्रम महानगरपालिकाले आयोजना गर्ने कार्यक्रममध्ये उत्कृष्ट कार्यक्रम हो ।’ उहाँले भन्नुभयो, ‘स्थानीय सरकारहरुका लागि सिकाइ योग्य कार्यक्रममा सहभागीले आफ्नै महसुस हुने कथालाई विभिन्न माध्यमबाट हेर्न, सुन्न र महसुस गर्न सक्नु कार्यक्रमको विशेषता थियो ।’
कार्यक्रमको व्यवस्थापकीय पक्ष, सहभागिता, कार्यक्रमका प्रस्तुतिहरु, समावेश भएका आवाजहरु र प्राप्त उपलब्धिलाई अभिलेखनका लागि गरिएको प्रयत्न, साझेदारितालगायत कोणबाट महोत्सवलाई समीक्षा गरिएको थियो । समीक्षामा प्रशासन, सम्पदा तथा पर्यटन विभाग, सामाजिक विकास विभागका प्रमुखहरु, सचिवालयका अधिकारीहरु, व्रिटिस काउन्सिलका प्रतिनिधिहरु सहभागी हुनुहुन्थ्यो ।
यो महोत्सव वुमन अफ द वल्र्ड (वाउ) को सातौँ संस्करण हो । कार्यक्रममा १२ हजार ७३२ व्यक्तिले प्रत्यक्ष सहभागिता जनाउनुभएको थियो । उहाँहरुले उद्यम मेला, अन्य परामर्श सेवा, स्वास्थ्य शिविर, मनोरञ्जनात्मक कार्यक्रम, संवाद कार्यक्रमलगायत क्रियाकलापमा भाग लिनुभएको थियो । यो संख्या नन्दीकेशर बगैँचा, नन्दी रात्री माध्यमिक विद्यालय र मन्दिर परिसरमा आएका व्यक्तिहरुको प्रति घण्टा गणनालाई औसत मानेर निकालिएको व्रिटिस काउन्सिलको प्रतिवेदनमा उल्लेख छ । यसरी सहभागी हुनेहरुमा अपाङ्गता भएका व्यक्ति, दृष्टिविहिन व्यक्तिहरुका लागि समेत कार्यक्रमलाई पहुँचयुक्त बनाइएको थियो । कार्यक्रम स्थल सम्म पुग्ने मार्ग, कार्यक्रममा बोलेका कुरा सुन्न नसक्नेहरुका लागि सांकेतिक भाषानुवाद, व्हिलचेयर प्रयोगकर्ताहरुको लागि सजिलै पुग्न सक्ने शौचालय जस्ता व्यवस्थापकीय पक्षले महोत्सवलाई पहुँचयुक्त बनाएको थियो । यस्तै माटाका भाँडा बनाउने, चित्र बनाउने जस्ता जीवन्त क्रियाकलाप, मौलिक सामग्री तथा बस्तुको अवलोकन, मौलिक खानाको उपलब्धता महोत्सवका विशेषता थिए । महिला, बालिकाहरु र नन-बायनेरी (गैर–द्वायसांख्यिक) व्यक्तिले भोगिरहेका समस्या समाधान गर्न आपसी सिकाइ र भोगाइबाट उपाय खोज्ने प्रयासका लागि ब्रिटिस काउन्सिलले काठमाडौँ महानगरपालिका र द वाउ फाउन्डेसन, बेलायतसँगको सहकार्यमा महोत्सव आयोजना गरेको थियो ।
नेपालमा यो महोत्सव पहिलो पटक सन् २०१७ मा ललितपुरमा मनाइएको थियो । महोत्सव वाउका संस्थापक जुड केलीले आयोजना गर्नुभएको थियो । यसमा ब्रिटिश काउन्सिलको साझेदारी रहेको थियो । दोस्रो पटक पनि सन् २०१८ मा ललितपुरमा, सन् २०१९ मा जनकपुरमा सन् २०२० र २०२१ मा अनलाइनबाट आयोजना गरिएको थियो । छैटौँ संस्करण सन् २०२२ मा लुम्बिनीमा आयोजना भएको थियो ।

निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App