वि.सं.: २०८२, कात्तिक ११ मंगलबार
इ.स.: 2025 October 28,TUESDAY
वि.सं.: २०८२, कात्तिक ११ मंगलबार
विकासात्मक अपाङ्गता भएका ५ जना, विदेशी १० जनासहित १८ हजार २९४ जना विद्यार्थी परीक्षामा सहभागी
काठमाडौँ । आधारभूत शिक्षा परीक्षा (कक्षा ८) को वार्षिक परीक्षामा काठमाडौँ महानगरपालिकाभित्रका विद्यालयहरु (सामुदायिक र संस्थागत) बाट १८ हजार २९४ जना विद्यार्थी सहभागी भएका छन् । परीक्षालाई विश्वसनीय, व्यवस्थित र प्रभावकारी बनाउन यस वर्षदेखि परीक्षा केन्द्र अध्ययन गरिरहेको विद्यालयबाट बाहिर निकालिएको छ । गएको वर्षसम्म विद्यालयभित्रै सञ्चालन भइरहेको परीक्षा यस वर्षदेखि विद्यालय बाहिरको परीक्षा केन्द्रबाट लिन थालिएको हो । २०८१ फागुन २६ गते बसेको परीक्षा समितिको बैठकले होम सेन्टर नपर्ने गरी ५६ वटा परीक्षा केन्द्र कायम गरेर विद्यालयबाट परीक्षा केन्द्र बाहिर ल्याएको निर्णय गरेको थियो ।
गएको वर्षसम्म विद्यालयभित्रै सञ्चालन भइरहेको परीक्षा यस वर्षदेखि विद्यालय बाहिरको परीक्षा केन्द्रबाट लिन थालिएको छ । २०८१ फागुन २६ गते बसेको परीक्षा समितिको बैठकले होम सेन्टर नपर्ने गरी ५६ वटा परीक्षा केन्द्र कायम गरेर विद्यालयबाट परीक्षा केन्द्र बाहिर ल्याएको हो । केन्द्रीय वहिरा माध्यमिक विद्यालय र कारागारभित्रका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीलाई आफ्नै विद्यालयबाट परीक्षा लिइएको छ । विद्यार्थीको विशेष अवस्थालाई ध्यानमा यस्तो व्यवस्था गरिएको हो । यस्तै अटिजम, बौद्धिक अपाङ्गता, डाउन सिन्ड्रोम लगायत अवस्था भएका विशेष प्रकृतिका विद्यार्थीहरुलाई पनि विद्यालयबाटै परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । दृष्टिविहिन, बहिरा, सुस्त श्रवण, मनोसामाजिक अपाङ्गता भएका विद्यार्थीका लागि उनीहरुले बुझ्ने सांकेतिक भाषामा परीक्षा दिने व्यवस्था मिलाइएको छ । यस्ता विद्यार्थीले निर्धारित समयभित्र परीक्षा दिन नसक्ने देखिएमा केन्द्राध्यक्षले वा सम्बन्धित विद्यालयले बढीमा एक घण्टा तीस मिनेटसम्म थप समय उपलब्ध गराउन सक्ने अधिकार दिएर परीक्षा सञ्चालन गरिएको छ ।
विकासात्मक अपाङ्गता भएका परीक्षार्थीलाई क्षमता सम्बन्धी सहायता आवश्यकता परेमा वा प्रश्नपत्र तथा परीक्षामा लेख्न समस्या भएमा व्यक्तिगत सहयोगको व्यवस्था मिलाउन केन्द्रलाई जिम्मेवारी दिइएको थियो । प्रश्नपत्रबाट विकासात्मक अपाङ्गता वा विशेष प्रकृतिका बालबालिकाहरुले परीक्षा दिन नसक्ने भएमा विद्यार्थीको सिकाइ प्रकृतिका आधारमा विद्यालयले पाठ्यक्रम विकास केन्द्रले तोकेको विशिष्टिकरण तालिकाको परिधिमा रहेर परीक्षा सञ्चालन र मूल्याङ्कन गरेर प्राप्ताङ्क सम्बन्धित स्रोत केन्द्रमा बुझाउने व्यवस्था मिलाइएको थियो । यसका लागि अभिभावकहरुबाट निवेदन माग गरियो । यस विषयमा सम्बन्धित विद्यार्थीका अभिभावकसँग शिक्षा विभाग अधिकारीका बिच चैत ४ गते सम्पन्न बैठकमा अभिभावकहरुबाट परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरेर समय थप गर्न माग गरेपछि यस्ता विद्यार्थीहरुका लागि समेत केन्द्रबाटै परीक्षा सञ्चालन गरियो । यसरी परीक्षा दिने विद्यार्थीको संख्या ५ जना रहेको छ ।
परीक्षा समितिका अध्यक्ष एवं निमित्त शिक्षा अधिकारी केवश ज्ञवालीका अनुसार विदेशी विद्यार्थीलाई सट्टा विषयमा परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । विद्यार्थी वा अभिभावकले अनुरोध गरेमा सट्टा विषयमा परीक्षा दिन पाउने व्यवस्था गरिएको हो । उनीहरुले अनिवार्य नेपाली विषयको सट्टा इलेक्टिभ इङ्लिस र नेपाल भाषाको सट्टामा अप्सनल इङ्लिस वा विद्यार्थीले छानेको विषयमा परीक्षा दिनेछन् । यसका लागि सम्बन्धित विद्यालयले प्रश्नपत्र तयार गर्ने र आफैँ परीक्षा सञ्चालन तथा व्यवस्थापन गर्नेछन् । उत्तरपुस्तिका सम्बन्धित विद्यालयका शिक्षकले नै परीक्षण गरेर परीक्षण केन्द्रमा बुझाउनेछन् । सामाजिक विषयको हकमा नेपाली भाषाको माध्यमबाट परीक्षा दिन नसक्ने विदेशी विद्यार्थीका लागि शिक्षा विभागले प्रश्नपत्र अंग्रेजी भाषामा अनुवाद गरेर उपलब्ध गराउनेछ । यस प्रश्नपत्रमा विद्यार्थीहरुले उत्तर दिन पाउनेछन् ।
महानगरभित्रका सामुदायिकतर्फ धार्मिक र वैकल्पिक विद्यालय समेत गरी ९६ र संस्थागततर्फ ४०८ वटा गरी जम्मा ५०४ विद्यालयका परीक्षार्थी सहभागी भएका छन् । यसमा सामुदायिक विद्यालयबाट ५ हजार १७४ जना र संस्थागत विद्यालयबाट १३ हजार १२० जना विद्यार्थी छन् । लिङ्गका आधारमा हेर्दा ८ हजार १४५ जना छात्रा र १० हजार १४९ जना छात्र छन् । यसमा ५ वटा संस्थागत विद्यालयमा अध्ययन गर्ने १० जना विदेशी विद्यार्थीहरु पनि समावेश छन् ।
जगन्नाथ माध्यमिक विद्यालय र बन्दी विकास आधारभूत विद्यालय गरी २ वटा विद्यालय भद्रगोल जेलभित्र छन् । यी विद्यालयबाट यस वर्ष क्रमशः २० जना र १२ जना गरी ३२ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् । केन्द्रीय बहिरा माध्यमिक विद्यालयबाट २७ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् ।


निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App