Logo

हरेक दिन साँझमा काठमाडौँ प्लाजा सर्वसाधारणकाको सवारी पार्किङ्का लागि खुला हुने

कार्यालय समयबाहेक निःशुल्क पार्किङ् सेवा दिन लागेका हौँ - काफ्ले, प्रशासन विभाग

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भोलि (मंसिर ७ गतेदेखि) साँझ साढे ५ देखि ११ बजेसम्म आफ्नो कार्यालय परिसर सवारी पार्किङ्का लागि निःशुल्क उपलब्ध गराउने भएको छ । 

प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्ले भन्नुहुन्छ, ‘यो सुविधा पछि कमलादी, पुतलीसडक, दरबार मार्ग, हात्तीसार, कमलपोखरीलगायत स्थानको यातायात आवागमन र पार्किङ्मा सहजता हुनेछ ।’ काफ्लेका अनुसार दुई पाङ्ग्रे र ४ पाङ्ग्रे दुवै खालका सवारी साधनका लागि हो । 

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेका अनुसार पार्किङ् व्यवस्थापन महानगर प्रहरी बलले गर्नेछ ।


  
 

  • प्रकाशित मिति: बिहीबार ६ मंसिर २०८१ १८:४२