वि.सं.: २०८२, कात्तिक ७ शुक्रबार
इ.स.: 2025 October 24, FRIDAY
वि.सं.: २०८२, कात्तिक ७ शुक्रबार
ई शिफारिस र डिजिटल सिग्नेचरका लागि अभिमुखीकरण
काठमाडौँ । ई—शिफारिस र डिजिटल सिग्नेचरका लागि काठमाडौँ महानगरपालिकाका वडाध्यक्षहरुलाई अभिमुखीकरण थालिएको छ । पेनलेस (कलम चलाउनु नपर्ने सेवा) र नागरिकको हातैमा सेवा पु¥याउने उद्देश्यले विद्युतीय सेवा विकास र विस्तार गर्न वडाध्यक्षहरुलाई यस सम्बन्धी अभिमुखीकरण गरिएको हो ।
विद्युतीय शासन पद्धतिलाई विस्तार गर्न महानगरले नागरिकका लागि मोवाइल एप्लिकेसन र सेवा दिने अधिकारीका लागि डिजिटल हस्ताक्षर प्रणाली विकास गरिरहेको छ । अभिमुखीकरणमा वडाध्यक्षको डेक्समा आउने सूचना ग्रहण गर्ने, त्यसलाई प्रमाणीकरण गर्ने विधिका विषयमा सैद्धान्तिक र प्रयोगात्मक छलफल गरिएको थियो ।
अभिमुखीकरण सुरु गर्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले, वडा तहबाट प्रवाह गर्नु पर्ने ८८ प्रकारका सेवामध्ये ३५ प्रकारका शिफारिस सेवालाई प्रारम्भमा प्रयोग गरिने बताउनुभयो । ‘अब न्यायिक समितिका काम र भुक्तानी प्रणालीलाई पनि अनलाइन प्रणालीमा आवद्ध गरिने छ । काम सकिएपछि पैसा लिन अब कसैले पनि महानगरमा आउनु पर्दैन ।’ प्रमुख प्रशासकीय अधिकृत अधिकारीको भनाइ थियो ।
विद्युतीय सेवालाई भरपर्दो र विश्वाश योग्य बनाउन सर्भर, इन्टरनेट र इन्ट्रानेटको परनिर्भरता कम गराउने प्रयास भइरहेको सूचना प्रविधि विभागका प्रमुख नमराज ढकालको भनाइ छ । ‘वैकल्पिक इन्टरनेट जडान यसको नमूना हो । विद्युतीय शासन प्रणालीको विकास र विस्तारका लागि सफ्टवेयर र हार्डवेयर दुवै पक्षलाई सन्तुलित रुपमा प्रवर्धन गर्दै लगेका छौँ ।’ ढकालले जानकारी काम र योजनाका विषयमा जानकारी दिनुभयो ।
सेवा सम्बन्धी विवरण कम्प्युटरमा राख्ने क्रममा अहिले २० प्रकारका सेवा प्रविष्ट भइसकेको छ । यी सेवा सञ्चालनमा ल्याएपछि प्राप्त हुने पृष्ठपोषणका आधारमा अन्य सेवा थप गर्दै लगिनेछ । स्मार्ट पालिकाका अभियान निर्देशक विवश महतकाअनुसार महानगरको सेवालाई प्रविधिकरण गर्दै सरल र सहज बनाउने काम नतिजामुखी बनेको छ ।
एकीकृत डिजिटल सेवा सञ्चालन गर्न वडासचिवलाई यस अघि नै अभिमुखीकरणमा सहभागी गराइसकिएको छ । यो प्रणाली अभ्यासका लागि विवरण सफ्टवेयरमा राखिसकेपछि सम्बन्धित जनप्रतिनिधि र कर्मचारीलाई इमेलमार्फत प्राक्टिस लिङ्क दिइनेछ । यसमा उहाँहरुले अभ्यास गर्नुहुनेछ । अभ्यासका क्रममा केही समस्या परे, परामर्शदाताको कल सेन्टरमा फोन गरेर सिक्न सक्ने व्यवस्था गरिएको छ ।
अभिमुखीकरणमा डिजिटल सिक्नेचर, दर्ता चलानी, शिफारिस सञ्चालनलगायत विषयमा अभ्यास गरिएको छ ।
प्रणाली सञ्चालनमा आएपछि सेवाग्राहीले सर्जमिन गर्नुपर्ने शिफारिसबाहेक अन्य शिफारिस लिन वडामा आउनै पर्दैन ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App