Logo
  • वि.सं.: २०८३, असर ७ आइतबार​

  • इ.स.: 2026 June 21,SUNDAY

  • वि.सं.: २०८३, असर ७ आइतबार​

  • छात्रवृत्ति प्रवेश परीक्षाको पुनर्योग नतिजा यथावत, चाँडै अन्तिम योग्यता क्रम प्रकाशन गरिने

    काठमाडौँ – काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत शिक्षण संस्थाहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि सञ्चालित प्रवेश परीक्षाको पुनर्योग नतिजा प्रकाशन गरेको छ। पुनर्योगका लागि आवेदन दिएका १९६ विद्यार्थीको नतिजा यथावत रहेको पुष्टि भएको छ।

    महानगरपालिकाले गत ३ साउनमा प्रवेश परीक्षा सञ्चालन गरेको थियो। सोही दिनको नतिजा ४ साउन बिहान प्रकाशन भएको थियो। नतिजाप्रति असन्तुष्ट विद्यार्थीहरूले ४ र ५ साउन साँझ ५ बजेसम्म पुनर्योगका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो। म्याद सकिएपछि ओएमआर स्क्यानरमार्फत र म्यानुअल परीक्षण गर्दा समेत सबै १९६ विद्यार्थीको नतिजा यथावत रहेको छात्रवृत्ति परीक्षा समितिका सदस्य–सचिव रामचन्द्र खड्काले बताउनुभयो।

    खड्काका अनुसार अन्तिम योग्यता क्रम बमोजिम  म्याचिङ प्रक्रिया पूरा गरी विद्यार्थीहरूलाई सम्बन्धित विद्यालयमा भर्नाका लागि पठाउन छनाेट समितीले तदारूकताका साथ कार्य गरिरहेकाे जानकारी गराउनु भयाे ।

     

    काठमाडौँ महानगरपालिकाको कक्षा ११ र १२ को छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा प्रकाशन
     

     

  • प्रकाशित मिति मंगलबार ६ साउन २०८२ ०१:४६ PM