वि.सं.: २०८२, कात्तिक १२ बुधबार
इ.स.: 2025 October 29,WEDNESDAY
वि.सं.: २०८२, कात्तिक १२ बुधबार
कारागारमा भएका व्यक्तिहरुको शैक्षिक योग्यता वृद्धि गर्ने अवसर दिएर सामाजिक पुनःस्थापनाका लागि शिक्षामा लगानी बढाउनु पर्ने अनुगमन टोलीको दृष्टिकोण
काठमाडौँ । केन्द्रीय कारागारभित्रका विद्यालयहरुमा सञ्चालन गरिएको आधारभूत तह अन्तिम परीक्षाको अनुगमन भएको छ । त्यहाँ ३ वटा विद्यालय छन् । जगन्नाथ माध्यमिक विद्यालय कक्षा १२ सम्म सञ्चालित छ । बन्दी विकास आधारभूत विद्यालय कक्षा ८ सम्म सञ्चालित छ । यस्तै श्री महिला बन्दी आधारभूत विद्यालय कक्षा ५ सम्म सञ्चालन भएको छ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले आज त्यहाँका ३ वटै विद्यालयको भौतिक अवस्था, विद्यालयमा उपलब्ध सुविधा, पठन प्रक्रियासँगै आधारभूत तह अन्तिम परीक्षाको अनुगमन गरेको हो । यी विद्यालयमा बालिग परीक्षार्थी छन् ।
जगन्नाथ माध्यमिक विद्यालयबाट २० जना परीक्षार्थीले आवेदन दिनुभएको थियो । उहाँहरुमध्ये श्री महिला बन्दी आधारभूत विद्यालयका १० जना महिला विद्यार्थी हुनुहुन्छ । यो विद्यालय कक्षा ५ सम्म मात्र भएकोले उहाँहरुले जनन्नाथबाट परीक्षा आवेदन दिनुभयो । परीक्षा भने महिला बन्दी विद्यालयबाटै दिइरहनु भएको छ । यसरी आवेदन दिएका २० परीक्षार्थीमध्ये १ जना पुरुष कैदमुक्त हुनुभएपछि अहिले जगन्नाथ परीक्षा केन्द्रका आवेदकमध्ये १९ जना विद्यार्थी परीक्षामा सहभागी हुनुभएको छ ।
बन्दी विकास आधारभूत विद्यालयबाट १२ जना विद्यार्थी परीक्षामा सहभागी हुनुभएको छ । यस्तै आफ्नै विद्यालयमा परीक्षा केन्द्र भएको केन्द्रीय बहिरा माध्यमिक विद्यालयमा २७ जना विद्यार्थीले परीक्षा लेखिरहनुभएको छ ।
कारागारभित्रको परीक्षा अनुगमन गरिसकेपछिको प्रतिक्रियामा शिक्षा अधिकृत इन्द्र दाहालले भन्नुभयो, ‘विद्यार्थीहरुमा आत्मविश्वाश थियो । परीक्षा सञ्चालनका मापदण्ड पूरा भएको थियो ।’ उहाँले शैक्षिक कार्यक्रमसँग कारागारभित्रका विद्यालयहरुको प्रसङ्ग जोड्दै भन्नुभयो, ‘महानगरपालिकाका लागि कारागारभित्र वा बाहिर जहाँका भए पनि सबै विद्यार्थी समान हुन् । ज्ञान, सिप र योग्यता विकासका अवसरहरु समान रुपमा प्रदान गर्नेछौँ । कारागारभित्रका विद्यालयमा पनि सुन्दर विद्यालय र हरित विद्यालय कार्यक्रम सञ्चालन भएको छ । विद्यालयको पूर्वाधारका लागि सहयोग गरेका छौँ ।’
‘कारागार सुधार गृह हो । यहाँ रहनेको निश्चित समय हुन्छ । यहाँबाट फर्किने व्यक्तिको ज्ञान, सिप, क्षमता र शैक्षिक योग्यता वृद्धि गर्न सकियो भने भोलि उहाँहरु समाज रुपान्तरणका लागि सकारात्मक योगदान गर्ने नागरिक बन्नु हुन्छ । यहाँको शैक्षिक क्रियाकलापबाट यसप्रकार नतिजा आउँछ ।’ सहरी योजना आयोगका सहायक विज्ञ सस्मित पोखरेल अनुगमनपछिको अनुभूति प्रकट गर्दै भन्नुहुन्छ, ‘हामीले जेलभित्रका विद्यालयमा गरेको लगानीले प्रतिफल दिएको छ । अझै लगानी बढाएर जेलमा भएका धेरै व्यक्तिहरुमा शैक्षिक योग्यता विकास गर्ने अवसर दिन सकिने देखियो ।’
केन्द्रीय कारागारभित्र भएका ३ वटा विद्यालयमध्ये जगन्नाथ माध्यमिक विद्यालय कक्षा १२ सम्म छ । यस विद्यालयमा ३९६ जना विद्यार्थी छन् । यसमध्ये कक्षा ९ मा २४ जना, कक्षा ११ मा ६१ जना र कक्षा १२ मा ४९ जना विद्यार्थी छन् । यहाँ १८ वर्षदेखि माथि ५५ वर्षसम्मका विद्यार्थी अध्ययन गर्छन् । महानगरपालिकाबाट प्रदान गरिएको सहयोगबाट विद्यालयले कार्यालय कक्ष मर्मत गरेको छ । विद्यालयले महानगरपालिकाबाट कक्षा कोठाहरुको मर्मत, कम्प्युटर ल्यावमा सामानको उपलब्धताको अपेक्षा गरेको छ । अहिले कम्प्युटर ल्याब र विज्ञान प्रयोगशाला एउटै कक्षामा सञ्चालन गरिएको छ ।
अर्को बन्दी विकास आधारभूत विद्यालय हो । यस विद्यालयमा १७२ जना विद्यार्थी अध्ययनरत छन् । यस विद्यालयको कक्षा १ मा अध्ययन गर्ने ८१ वर्षिय पुरुष सबैभन्दा पाको उमेरको विद्यार्थी हुनुहुन्छ । महानगरपालिकाको सुन्दर विद्यालय परियोजनाअन्तर्गत विद्यालयका भित्ताहरुमा रङ्ग लगाइएको छ । यस्तै सुन्दर विद्यालय परियोजनाअन्तर्गत पार्क निर्माण गरिएको छ । विद्यालयले बन्दी ज्ञानोदय पुस्तकालय सञ्चालन गरेको छ । अब कम्प्युटर ल्याब बनाउन पाए विद्यार्थीहरुलाई प्रविधिमा आधारित शिक्षा दिन सकिन्थ्यो । विद्यालयका प्रधानाध्यापकले अपेक्षा गर्नुभयो ।
शिक्षालाई पहुँचयुक्त बनाउन महानगरपालिकाले यस बर्ष अटिजम, बौद्धिक अपाङ्गता, डाउन सिन्ड्रोम लगायत अवस्था भएका विशेष प्रकृतिका विद्यार्थीहरुलाई परीक्षा केन्द्रबाटै परीक्षामा सहभागी गराएको छ । ६ वटा विद्यालयका ६ जना विद्यार्थीहरुले सहयोगीसहितको विशेष सहुलियत लिएर परीक्षा दिइरहनुभएको छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App