वि.सं.: २०८२, मंसिर २९ सोमबार
इ.स.: 2025 December 15,MONDAY
वि.सं.: २०८२, मंसिर २९ सोमबार
महिला सञ्जालका संयोजक र सदस्यहरुका विच प्राप्त उपलब्धिका विषयमा अन्तरक्रिया
काठमाडौँ । ‘लिङ्गका आधारमा हुने हिंसा न्यूनीकरणका लागि महिला सञ्जालले एकद्वार संकट व्यवस्थापन केन्द्रसँग सहकार्यमा काम गर्न आवश्यक छ ।’ महिला हिंसा न्यूनीकरणकाको प्रभावकारिताका सन्दर्भमा सञ्जालका संयोजक तथा सदस्यहरुसँग कुरा गर्दै काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले भन्नुभयो, ‘पीडामा परेका व्यक्तिलाई स्वास्थ्य उपचार र कानुनी उपचारसँगै मनोसामाजिक परामर्श चाहिन्छ । यो सेवा केन्द्रसँगको सहकार्यबाट प्राप्त हुन्छ ।’
हिंसाजन्य घटनामा परेर उपचार, प्रशासनिक कारवाही प्रक्रिया, कानुनी सहायताजस्ता सहयोग, अस्पतालको एकै ठाउँ उपलब्ध गराउने सेवा नै ओसीएमसी हो । काठमाडौँका ५ वटा अस्पतालमा यस्ता केन्द्र छन् । केन्द्रहरुमा मानसिक, शारीरिक, यौनजन्य हिंसा, बलात्कारलगायत आर्थिक सामाजिक कारणबाट सिर्जित समस्याबाट पीडित भएका तथा घटनाबाट प्रभावित भएका महिला, बालबालिका र पुरुषहरु आउने गरेका छन् । उनीहरुका लागि स्वास्थ्य तथा चिकित्सा सेवा, मनोसामाजिक परामर्श, सुरक्षित घर तथा आवास सेवा, कानुनी सहयोग र जीविकोपार्जन सेवा प्रदान गर्ने गरिन्छ ।
‘लिङ्गका आधारमा हुने हिंसा न्यूनीकरणका लागि काठमाडौँ महानगरपालिकाले, महिला सञ्जाल सञ्चालन कार्यविधि २०७९ कार्यान्वयनमा ल्याएको छ । हिंसा, शोषण, दमन भेदभाव तथा अन्य कारणले अन्यायमा परेका महानगरमा बस्ने महिलाहरुमा छिटो न्यायको पहुँच पु¥याउन महिला सञ्जाल गठन गरिएको हो ।’ छलफलका क्रममा उहाँले भन्नुभयो, ‘सञ्जालले मेलमिलाप गराएका वा मेलमिलाप गराउन प्रयास गरिएका तर मेलमिलाप नभएका फाइल तत्काल केन्द्रमा पठाउनु । वडामा फाइल अड्कियो भने पीडितलाई झन् पीडा थपिन्छ । पीडकलाई सहयोग पुग्छ । न्याय बोझिलो हुन्छ । हामीले हाम्रा प्रक्रिया र आचरणलाई यस्तो बनाउनु हुँदैन ।’ उहाँले सामाजिक समस्याका बारेमा चर्चा गर्दै खानलाउन जत्तिकै सामाजिक सम्बन्धमा पहुँचका विषयमा कुरा गर्नुपर्ने बेला आएको बताउनुभयो । सामाजिक सम्बन्ध नभएका कारण धेरै मानिसहरुले एक्लोपना महसुस गरेका छन् । यसैकारण विवाद पनि सिर्जना भएका छन्, डंगोल उहाँको भनाइ थियो ।
‘वडा महिला सदस्यको संयोजकत्वमा गठित सञ्जालमा दलित महिला सदस्यलाई मेलमिलाप केन्द्र व्यवस्थापनको जिम्मेवारी दिइएको छ ।’ सञ्जालको संयन्त्र र यसले दिएका दायित्वका विषयमा कुरा गर्दै कानुन तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्यले भन्नुभयो, ‘अन्य कार्यविधिभन्दा यो फरक विषेशताको छ । अरुले पीडकलाई दण्डित गर्ने व्यवस्था गरेका छन् । यसले पीडितको पुनःस्थापना, क्षतिपूर्ति, जीविकोपार्जनका लागि क्षमता विकास, सामाजिकीकरणलगायतको व्यवस्था गरेको छ ।’
व्यक्तिलाई खान लाउन मात्र भएर पनि पुग्दैन । उसलाई सामाजिक सम्बन्ध चाहिन्छ । स्वार्थ प्रेरित विवाद पनि छन् । कतिपय विवाद अज्ञानताका कारण सिर्जना भएका छन् । पारिवारिक विवादहरुको चाङ् पनि बाक्लो छ । छलफलका क्रममा सञ्जालका संयोजक तथा सदस्यहरुले वडागत अवस्थाका विषयमा जानकारी गराउनुभएको थियो ।
वडामा सञ्चालन भएका मेलमिलाप केन्द्रहरुमा मेलमिलापकर्ताबाट मेलमिलाप गराउनु पर्छ । समयमा पक्ष झिकाउने तथा मेलमिलाप सत्र सञ्चालन गर्नुपर्छ । मेलमिलापका प्रचलित मूल्य मान्यताअनुसार मेलमलिाउन गराउनुपर्छ । यस्तै सहमति पत्रलाई भाषा, कागज, सनाखत जस्ता ढाँचामा तयार पार्नुपर्छ ।
सञ्जालले गरेका काम कारवाहीको उपप्रमुखबाट अनुगमन र सुपरीवेक्षण हुने व्यवस्था छ ।

निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App