वि.सं.: २०८२, कात्तिक ७ शुक्रबार
इ.स.: 2025 October 24, FRIDAY
वि.सं.: २०८२, कात्तिक ७ शुक्रबार
काठमाडौँ । तत्कालीन काठमाडौँ नगर पञ्चायतका उपप्रधानपञ्च तीर्थराम डंगोलको निधनमा काठमाडौँ महानगरपालिकाले आइतबार शोक विदा दिने भएको छ । आज प्रशासन विभागले सूचना जारी गर्दै शोक विदा सम्बन्धी जानकारी दिएको हो ।
उहाँको २०८२ वैशाख १२ गते शुक्रबारका दिन निधन भएको हो । उहाँको निधनमा महानगरपालिकाले गहिरो दुःख र परिवारमा समवेदना प्रकट गरेको छ ।
वि. सं. २००४ साल माघ २९ गते जन्मनुभएका डंगोल लामो समयदेखि पिसाव थैलीको क्यान्सरसँग जुधिरहनुभएको थियो । उहाँको उपचारमा सम्लग्न स्वास्थ्यकर्मीका अनुसार मिर्गौलामा एकैपटक समस्या बढेर डाइलाइसिस गराउनु परेको थियो । हप्तामा २ दिन गराउनु पर्ने डाइलाइसिस गएको विहीबार मात्र पनि गरिएको थियो ।
काठमाडौँ पञ्चायतका लागि २०४३ सालमा भएको निर्वाचनमा उहाँले प्रजातन्त्रबादीका तर्फबाट उम्मेदवारी दिएर विजय हासिल गर्नुभएको थियो ।
उपप्रधानपञ्चका रुपमा उहाँले सहर निर्माण, सहरी व्यवस्थापन र प्रवर्धन तथा सामाजिक सेवामार्फत रुपान्तरणमा पुर्याउनुभएको योगदानको सम्मान गर्दै महानगरपालिकाले शोक विदा दिएको हो । यस दिन अत्यावश्यक सेवाबाहेक महानगरपालिका र मातहतका कार्यालयहरुमा शोक विदा रहनेछ ।
स्वर्गीय डंगोलको पार्थिव सरीरमा महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, प्रवक्ता नविन मानन्धर, विषयगत समितिका संयोजक तथा जनप्रतिनिधिहरुले पुष्पगुच्छा अर्पण गर्नुभएको थियो । उहाँको आज टेकुमा अत्येष्टि गरिएको छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App