वि.सं.: २०८२, कात्तिक १८ मंगलबार
इ.स.: 2025 November 4,TUESDAY
वि.सं.: २०८२, कात्तिक १८ मंगलबार
कोषको भवन महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण भइरहेको
                        काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले नारायण गोपाल संगीत कोषको भवनमा लिफ्ट राखेर पहुँचयुक्त बनाउन र भित्री संरचनाका सुविधालाई लैङ्गिकमैत्री बनाउन निर्देशन दिनुभएको छ । महानगरपालिकाले निर्माण गरिरहेको भवनको अनुगमनका क्रममा लिफ्ट 
जडानको योजना नभएको जानकारी पाएपछि यस्तो निर्देशन दिनुभएको हो । ‘सार्वजनिक संरचना सबैका लागि हुन् । अपाङ्गता भएका व्यक्ति जान नसक्ने भयो भने त्यो अधुरो हुन्छ ।’ डंगोलले भन्नुभयो, ‘भवन भित्रका शौचालय महिला र बालबालिकामैत्री हुनुपर्छ ।’
भवन निर्माणका लागि २०८० चैत ७ मा कार्यादेश दिएको दिइएको थियो । यसको निर्माण कार्य आउँदो माघ मसान्तभित्र सम्पन्न गरिसक्नुपर्छ । 
भवन करिब २ करोड ८ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको छ । ४ तले भवनको भूमिगत र बाहिर गरी १० वटा चार पाङ्ग्रे र ५ वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ् स्थल हुनेछ । इञ्जिनियर प्रेमबहादुर श्रेष्ठकाअनुसार भवनको जमिन तला र पहिलो तला कार्यालय प्रयोजनका लागि हुनेछ । दोस्रो तलामा साउण्ड प्रुफ स्टूडियो बनाइनेछ । भवनको वाहिरी स्वरुप परम्परागत नेपाली शैलीको छ । भवनको जम्मा क्षेत्रफल ६ हजार ५५६ वर्गफुट छ । यसको प्लिन्थ क्षेत्रफल १ हजार ५४६ वर्गफिट हो । 
भूमिगत र जमिन तला बाहिर गरेर १० वटा चारपाङ्ग्रे सवारी साधन र २० वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ् गर्न सकिन्छ ।
त्यस क्षेत्रमा करिब १ रोपनी जग्गा छ । महानगरले निर्माण गरिरहेको भवनसँगै नारायण गोपालले बनाउनु भएको सेतो रङ्गको भवन छ । वडा नं. ३ का अध्यक्ष प्रेम थापा भन्नुहुन्छ, ‘नारायण गोपालको घरलाई संग्रहालय बनाउने योजना छ ।’ यस घरमा उहाँले बजाउने गर्नुभएको हार्मोनियम छ । उहाँले प्राप्त गर्नुभएका सम्मानहरु छन् ।
यसपछि वडा नं. २, गैरीधाराको सहमति मार्गको अनुगमन भएको थियो । यस मार्गमा सडक र ढल मर्मत गर्ने काम भएको थियो । २०७९ वैशाख १५ गते सम्झौता भएको यो काम २०८० को असोज मसान्तभित्र सक्नु पर्ने  थियो । यस अवधिमा काम नसकिएपछि २०८१ असोज ३० गतेसम्मका लागि म्याद थपिएको थियो । यसका लागि ३७ लाख ३१ हजार रुपैयाँ हो । ९० मिटर लम्बाइ र २ मिटर चौडाइ भएको सडक खण्ड अनुगमनका क्रममा स्थानीयले खानेपानी आउन छोडेको गुनासो राख्नुभएको थियो ।
इञ्जिनियर सन्दिप ढकालका अनुसार ढल विस्तार र मेनहोल बनाउने काम सकिएको छ । सडक खनेको समयमा काठमाडौँ उपत्यका खानेपानी आयोजनासँग समन्वय गरेर पानी वितरणको पाइप पनि राखिएको छ । यसपछि सडक कालोपत्रे गर्ने र ढलानको काम बाँकी छ ।
अनुगमनमा जनप्रतिनिधिहरु, सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी, सदस्य बाबुराम भट्टराई, विभागीय प्रमुखहरु सुरज शाक्य, वसन्त आचार्य, सुमित्रा लामिछाने सुवेदी, साइड इञ्जिनियरसहित अधिकारीहरु हुनुहुन्थ्यो ।

 
                        निशुल्क उपचार सहजिकरण सेवा
                    
                                    
                        
                        फोहरमैला व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        पार्किङ्ग व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        Intern आवेदन प्रणाली
                    
                                    
                        
                        KMC Mobile App
                    
                                    
                        
                        इजलास व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        विद्युतीय नक्शा पास प्रणाली
                    
                                    
                        
                        बिपद् सूचना ब्यवस्थापन प्रणाली
                    
                                    
                        
                        सहकारी व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        बोलपत्र आवहन प्रणाली
                    
                                    
                        
                        घटना दर्ता नागरिक सेवा
                    
                                    
                        
                        राजश्व भुक्तानी प्रणाली
                    
                                    
                        
                        KMC Smart Toilet
                    
                                    
                        
                        Metro Mart
                    
                                    
                        
                        KMC Parking  App