वि.सं.: २०८२, पुस ४ शुक्रबार
इ.स.: 2025 December 19, FRIDAY
वि.सं.: २०८२, पुस ४ शुक्रबार
महानगरका प्रमुख शाह, प्रमुख प्रशासकीय अधिकृत गुरागाईँसहित अधिकारीहरुबाट अन्तिम श्रद्धाञ्जली
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नगर प्रहरी निरीक्षक बद्रीमान नगरकोटीको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । मिर्गौलामा समस्या देखिएपछि लामो समयदेखि डाइलासिस गराइरहनु भएका नगरकाटीको उपचारका क्रममा आज बिहान निधन भएको हो ।
उहाँलाई महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन), प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेसहित अधिकारीहरुले आर्यघाटमा पुगेर अन्तिम श्रद्धाञ्जली दिनुभएको थियो ।
महानगर प्रहरी बलका अनुसार जेठ ११ गते घरमा लडेपछि नगरकोटीलाई उपचारका लागि पाटन अस्पताल लगिएको थियो । लडेर अचेत हुनुभएका नगरकोटी चेतमा नआइ परलोक हुनुभएको हो ।
२०३० साल मंसिर ९ गते जन्मनुभएका नगरकोटीको आज निधन भएको हो । उहाँ २०५० साल भदौ १४ गते नगर प्रहरी सहायक निरीक्षक पदबाट महानगरपालिकाको सेवामा प्रवेश गर्नुभएको थियो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App