वि.सं.: २०८२, कात्तिक १७ सोमबार
इ.स.: 2025 November 3,MONDAY
वि.सं.: २०८२, कात्तिक १७ सोमबार
शिक्षा विभागले विद्यालयहरुलाई पत्राचार गरेर व्यवस्था कार्यान्वयनका गर्न गराउन भनेको छ
काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका संस्थागत विद्यालयहरुबाट प्रदान गरिने छात्रवृत्तिको नामावली छात्रवृत्ति छनोट समितिको निर्णय मात्र मान्य हुने शिक्षा विभागले जनाएको छ । शिक्षा अधिकृत नेत्रनारायण पौडेलले आज सबै संस्थागत विद्यालयहरुलाई परिपत्र गर्दै जेहेन्दार, विपन्न, असहाय तथा गरिब, अपाङ्गता भएका, महिला, दलित, जनजाती, द्वन्द्व पीडित र सहिदका परिवारलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउन आग्रह गर्नुभएको छ । लक्षित वर्गका विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउन सम्बन्धित विद्यार्थी र अभिभावकबाट आवेदन लिन, छात्रवृत्ति पाउने विद्यार्थीको नामावली सूचना पाटीमा टाँस गर्न र आउँदो जेठको पहिलो हप्ताभित्र महानगरपालिकाका विवरण उपलब्ध गराउन अनुरोध गरिएको छ ।
छात्रवृत्ति छनोट समितिको संयोजकमा वडाध्यक्ष वा वडाध्यक्षले तोकेको वडा सदस्य रहनुहुनेछ । विद्यालयका प्रधानाध्यापक, महानगरपालिकाको शिक्षा विभागबाट सम्बन्धित विद्यालय हेर्ने विद्यालय निरीक्षक र शिक्षा अधिकृत, विद्यालय व्यवस्थापन समितिमा रहेको अभिभावक प्रतिनिधि सदस्य हुनुहुन्छ ।
विद्यालयहरुले यो लिङ्क क्लिक गरेर विवरण पठाउन सक्नेछन् । यसका लागि महानगरपालिकाको शिक्षा विभागले इमेल र एसएमसएसबाट पठाएको युजर नेम र पासवर्ड प्रयोग गर्नुपर्नेछ । https://datacollection.kathmandu.gov.np
छात्रवृत्ति प्रदान कार्यलाई पारदर्शी र प्रणालीमा आधारित बनाउन अघिल्ला शैक्षिक सत्रहरुमा यस वर्ष पनि स्कलरसिप इन्ट्री सिस्टम विकास गरिएको छ । विद्यालयहरूले शैक्षिक सत्र २०८२ मा कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्तिको विवरण उपलब्ध गराउन लिङ्क उपलब्ध गराइएको छ । प्रणाली सञ्चालन गर्न विद्यालयलाई इमेल र एसएमएसबाट युजर नेम र पासवर्ड उपलब्ध गराइएको छ । यो विवरण २०८१ जेठ १ गतेभित्र प्रविष्ट गराइसक्नु पर्नेछ । व्यवस्था बमोजिम विवरण पेश नगरेमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ र ५७ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्नेसहित कानुन बमोजिम आवश्यक कानुनी कारबाही गरिने विभागले जनाएको छ ।
शैक्षिक सत्र २०८० मा कक्षा १ देखि १० सम्म अध्ययन गर्ने करिब १३ हजार विद्यार्थीले र शैक्षिक सत्र २०८१ मा करिब १९ हजार विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेका थिए ।
कानुनी व्यवस्था
५ सयजना भन्दा कम विद्यार्थी भएका विद्यालयहरूले १० प्रतिशत, ५ सयदेखि ८ सयजनासम्म विद्यार्थी भएका विद्यालयहरूले १२ प्रतिशत र ८ सयजनाभन्दा धेरै विद्यार्थी भएका विद्यालयहरूले १५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने विद्यमान कानुनी प्रावधान हो । विद्यालयहरुले आंशिक छुट र अन्य सामाजिक सहयोगमा समेत योगदान गर्नु पर्ने भएकोले महानगरपालिकाले १० प्रतिशत छुट दिन भनेको हो ।
शिक्षा ऐन, २०२८ को दफा १६ अ (१) मा ‘संस्थागत विद्यालयले विद्यालयमा भर्ना भएका कुल विद्यार्थी संख्याको कम्तीमा १०% नघट्ने गरी विपन्न, अपाङ्ग, महिला, दलित वा जनजाति समुदायका विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराउनु पर्ने व्यवस्था छ । यसैबमोजिम काठमाडौ महानगरपालिकाले जारी गरेको शिक्षा ऐन, २०७५ को दफा ५१ (१) मा संस्थागत विद्यालयले विद्यालयमा भर्ना भएका कुल विद्यार्थी संख्याको कम्तीमा १०% मा नघट्ने गरी तोकिए बमोजिम छात्रवृत्ति उपलब्ध गराउनु पर्ने व्यवस्था गरेको छ ।
कक्षा १० सम्मको छात्रवृत्ति प्रदान गर्न वडास्तरीय समितिले शिफारिस गर्छ । कक्षा ११ र १२ का लागि भने शिक्षा विभागले परीक्षा सञ्चालन गरेर नतिजाका आधारमा शिफारिस गर्छ ।
काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को परिच्छेद १० मा को कुल विद्यार्थी सङ्ख्याको कम्तीमा १०% मा नघटाई जेहेन्दार, विपन्न, असहाय तथा गरिब, अपाङ्ग, महिला, दलित, जनजाति, द्वन्द्व पीडित र सहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनुपर्ने ब्यवस्था छ । यही ब्यवस्थाअनुसार लिइने कक्षा ११ मा भर्ना भएर छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीका बिच परीक्षा हुन्छ । यसबाट म्याचिङ् लिष्टबाट नाम शिफारिस हुन्छ । नाम शिफारिस गरिएका विद्यार्थीहरुले कक्षा ११÷१२ मा कुनै पनि प्रकारको शैक्षिक शुल्क तिर्नु पर्दैन ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App