Logo
  • वि.सं.: २०८३, असोज २५ आइतबार​

  • इ.स.: 2026 October 11,SUNDAY

  • वि.सं.: २०८३, असोज २५ आइतबार​

  • नक्सा सम्बन्धी गुनासो भए विभागीय प्रमुखलाई ९८५१०५२०७३ मा फोन गर्न अनुरोध 

    भवन नक्सा स्वीकृति, निर्माण सम्पन्न, कर दाखिला अनलाइन प्रणालीबाट हुन्छ, व्यक्ति भेट्नै पर्दैन - विभाग 

    काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र निर्माण गरिने भवनको नक्सा स्वीकृत गर्ने, राजस्व तिर्ने, निर्माण भएपछि सम्पन्नताको प्रमाण पत्र लिने प्रक्रिया अनलाइन प्रणालीमा आधारित भएको जनाउँदै सहरी व्यवस्थापन विभागले यस प्रक्रियामा द्विविधा भए, अन्यौल भए, कुरा नबुझे वा गुनासो भए विभागीय प्रमुखको मोवाइल नम्बरमा सम्पर्क गर्न सूचना जारी गरेको छ । 

    आज विभागमा टाँस गरिएको सूचनामा भनिएको छ, ‘अनधिकृत व्यक्तिसँग लिइने सूचना र आंशिक सूचनाले सेवाग्राहीमा अन्योलता सिर्जना हुन सक्छ । यसर्थ विभागबाट प्रदान गरिने कुनै पनि प्रकारका सेवामा द्विविधा भए विभागका प्रमुख डि. इ. हरिश्चन्द्र लामिछानेको मोवाइल नम्बर ९८५१०५२०७३ मा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।’

  • प्रकाशित मिति मंगलबार १६ वैशाख २०८२ ०५:३६ PM