Logo
  • वि.सं.: २०८२, साउन १४ बुधबार

  • इ.स.: 2025 July 30,WEDNESDAY

  • वि.सं.: २०८२, साउन १४ बुधबार

  • ताजा अपडेट

    मेट्रो एफएम

    कक्षा ११ र १२ को छात्रवृत्ति दोस्रो चरणको मनोनयन सूची प्रकाशित, ५५४ जना विद्यार्थी छनोट, साउन १५ भित्र भर्ना गर्न अनुरोध

    काठमाडौँ – काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ को छात्रवृत्ति कोटाको दोस्रो चरणको मनोनयन सूची प्रकाशित भएको छ । यस चरणमा विज्ञानमा ४१४ जना,  व्यवस्थापनमा १०६ जना,  मानविकी १ जना,  शिक्षा ३ जना  र कानुन विषयमा ३० जना गरी जम्मा ५५४ जना विद्यार्थी छनोट हुनुभएको छ । 

    शिक्षा विभागका अनुसार, २०८२ साउन ३ गते ५४ परीक्षा केन्द्रहरूमा सञ्चालित प्रवेश परीक्षामा १४,१७३ विद्यार्थी सहभागी हुनुहुन्थ्यो । कक्षा १० को पाठ्यक्रममा आधारित उक्त परीक्षामा गणित, विज्ञान र अङ्ग्रेजीबाट ३०–३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कुल १०० बहुवैकल्पिक प्रश्न समावेश थिए। नकारात्मक अङ्कनको व्यवस्था नरहेको सो परीक्षामा १०,८६७ जनाले ४०% (४० अङ्क) कटाएर उत्तीर्ण हुनुभएको थियो । देशभरका ७७ जिल्लाबाट प्राप्त १७,२२९ आवेदनमध्ये १६,१३७ विद्यार्थी छनोट भएका थिए। प्रारम्भिक नतिजा साउन ४ मा र पुनर्योगको नतिजा साउन ६ मा प्रकाशित भएको थियो।

    मनोनयन सूची योग्यताक्रम र विद्यार्थीले आवेदनमा उल्लेख गरेको शिक्षण संस्थाको प्राथमिकताक्रमका आधारमा तयार गरिएको छ। साधारण कोटामा सामुदायिक विद्यालय, संस्थागत विद्यालय, काठमाडौँ महानगरका स्थायी बासिन्दा र ल्याण्डफिल साइट क्षेत्रका विद्यार्थीलाई प्राथमिकता दिइएको छ। आरक्षण कोटामा छात्रा, आदिवासी/जनजाति, मधेशी, खस आर्य, दलित, मुस्लिम, थारु, अपाङ्गता भएका, पिछडिएको क्षेत्रका व्यक्ति, शहीद/बेपत्ता/द्वन्द्वपीडित परिवारका विद्यार्थी समावेश छन्। 

    पहिलो चरणको मनोनयन सूची साउन ६ मा प्रकाशित भई साउन ९ भित्र सम्बन्धित शिक्षण संस्थामा भर्ना प्रक्रिया सम्पन्न भएको थियो। दोस्रो चरणको मनोनयन रिक्त सिटहरूमा आवेदनको प्राथमिकताक्रम र कोटाका आधारमा गरिएको हो। छनोट भएका विद्यार्थीले entrance.kathmandu.gov.np मा सिम्बोल नम्बर, जन्म मिति र पासवर्ड (मोबाइल/इमेलमा प्राप्त) प्रयोग गरी मनोनयन पत्र प्रिन्ट गरेर साउन १५, २०८२ भित्र सम्बन्धित शिक्षण संस्थामा भर्ना हुनुपर्नेछ। तोकिएको मितिभित्र भर्ना नभएमा छात्रवृत्तिमा दाबी गर्न नपाइने र रिक्त कोटामा र्‍यापअपमार्फत मनोनयन गरिने शिक्षा विभागले जनाएको छ। 

    पहिलो र दोस्रो चरणमा मनोनयन हुन नसकेका तर परीक्षामा उत्तीर्ण विद्यार्थीका लागि साउन १६ पछि रिक्त सिटमा भर्नाको अवसर प्रदान गर्न विषय र कलेज प्राथमिकतासम्बन्धी सूचना प्रकाशित हुने निमित्त विभागीय प्रमुख केशव ज्ञावालीले बताउनुभएको थियो । 

    FIRST NOMINATED
    S.N. MeritFrom Education Humanities Law Management Science जम्मा
    1 Land Fill Site Affected Area       9 17 26
    2 Permanent Resident of Kathmandu Metropolitan City   1 1 105 221 328
    3 SEE From Government School 9 3 42 780 773 1607
    4 SEE From Private Scholarship   2 5 110 97 214
    5 अपाङ्गता भएको व्यक्ति       2 15 17
    6 आदिवासी/जनजाति     2 45 117 164
    7 खस आर्य     3 54 130 187
    8 छात्रा 2   12 170 255 439
    9 थारु     1 2 31 34
    10 दलित     1 30 70 101
    11 पिछडिएको क्षेत्रका व्यक्ति 1     19 31 51
    12 मधेशी     3 60 92 155
    13 मुस्लिम     1 4 16 21
    14 शहिद/वेपत्ता पारिएका नागरिकको परिवार/द्वन्दपिडित नागरिकको परिवार       2 15 17
    15 जम्मा 12 6 71 1392 1880 3361
     
    SECOND NOMINATED
    S.N. MeritFrom Education Humanities Law Management Science जम्मा
    1 Land Fill Site Affected Area       1   1
    2 Permanent Resident of Kathmandu Metropolitan City       6 28 34
    3 SEE From Government School 2   24 62 185 273
    4 SEE From Private Scholarship   1 2 25 53 81
    5 अपाङ्गता भएको व्यक्ति         3 3
    6 आदिवासी/जनजाति     1 1 21 23
    7 खस आर्य         26 26
    8 छात्रा     2 9 61 72
    9 थारु         5 5
    10 दलित     1   6 7
    11 पिछडिएको क्षेत्रका व्यक्ति         4 4
    12 मधेशी 1     2 18 21
    13 मुस्लिम         3 3
    14 शहिद/वेपत्ता पारिएका नागरिकको परिवार/द्वन्दपिडित नागरिकको परिवार         1 1
    15 जम्मा 3 1 30 106 414 554

  • प्रकाशित मिति मंगलबार १३ साउन २०८२ ०५:५० PM