वडा २४ को अध्यक्षमा राजभण्डारी निर्वाचित : दलित महिला सदस्य पद खाली
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. २४ को अध्यक्ष पदमा विनोदकुमार राजभण्डारी निर्वाचित हुनुभएको छ । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत गएको बैशाख ३० गते सम्पन्न निर्वाचनमा १ हजार १३२ मत ल्याएर नेपाली कांग्रेसका उम्मेदवार राजभण्डारी निर्वाचित हुनुभएको हो । आज मुख्य निर्वाचन अधिकृतको कार्यालयले मत परिणाम सार्वजनिक गरेको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सुजनविलास बज्राचार्यले ९२४ मत प्राप्त गर्नुभयो ।
निर्वाचनबाट महिला सदस्य पदमा नेपाली कांग्रेसकी सुनिता महर्जनले १ हजार १६६ मत ल्याएर विजयी हुनुभयो । यो वडामा दलित महिला सदस्य पदमा कसैको उम्मेदवारी नपरेका कारण यो पद खाली नै छ ।
वडा सदस्य पदमा नेकपा एमालेका उम्मेदवार रत्नाकर बज्राचार्य र नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान सिंह निर्वाचित हुनुभएको छ । उहाँहरुले क्रमशः १,०१३ र ९७३ मत प्राप्त गर्नुभएको छ ।
वडामा २ जना स्वतन्त्रसहित ७ जना अध्यक्ष पदका लागि प्रत्याशी हुनुहुन्थ्यो । यसैगरी महिला सदस्य पदका लागि १ स्वतन्त्रसहित ४ जना र सदस्य पदका लागि ११ जना गरी २२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।
वडा २४, बसन्तपुर
अध्यक्ष
१) बालकृष्ण श्रेष्ठ — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) — ६७१
२) बिनोदकुमार राजभण्डारी — नेपाली कांग्रेस — ११३२
३) रविबहादुर शाक्य — राष्ट्रिय प्रजातन्त्र पार्टी \— २२५
४) राजेन्द्र श्रेष्ठ — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) — २५
५) शंकर अधिकारी — स्वतन्त्र — ३
६) सम्झना जोशी — स्वतन्त्र — २०
७) सुजनविलास बज्राचार्य — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — ९२४
महिला सदस्य
१) लक्ष्मी महर्जन — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — १११५
२) सुनिता महर्जन — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) — ११६६
३) सुनिता महर्जन — नेपाली कांग्रेस — ४३
४) अमिना सिलाकार — स्वतन्त्र — ६१
दलित महिला सदस्य पदमा कसैको पनि उम्मेदवारी नपरेको
सदस्य
१) आकाश दर्शनधारी — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) — ५३३
२) कृष्णमान डंगोल — नेपाली कांग्रेस — ९६४
३) कृष्णमान सिंह — नेपाली कांग्रेस — ९७३
४) रत्नाकर बज्राचार्य — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — १०१३
५) राजेशमान शाक्य — राष्ट्रिय प्रजातन्त्र पार्टी — १७३
६) बालकृष्ण डंगोल — स्वतन्त्र — ८५
७) विजयबहादुर शाक्य — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) — २४
८) बिनोद तुलाधर — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — ९०४
९) सरोज सिलाकार — राष्ट्रिय प्रजातन्त्र पार्टी — १७५
१०) सुजेन्द्रप्रसाद श्रेष्ठ — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) — ३६
११) सुनिलकुमार देवकोटा — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) — ४९७