वडा ११ को अध्यक्षमा तण्डुकार निर्वाचित : अघिल्लो कार्यकालका सबै सदस्य दोहोरिए
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा ११ मा नेपाली कांग्रेसका उम्मेदवार अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । स्थानीय तह सदस्य निर्वाचन २०७९ को मत परिणाम सार्वजनिक गर्र्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचितको नाम सार्वजनिक गरेको हो । उहाँले १ हजार ५५५ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार योगेन्द्रमान श्रेष्ठले ९५० मत प्राप्त गर्नुभएको छ ।
वडाको महिला सदस्य पदमा १ हजार ५३४ मत प्राप्त गरेर आशा श्रेष्ठ, दलित महिला सदस्य पदमा १ हजार ६२४ मत प्राप्त गरेर यशोमती परियार निर्वाचित हुनुभएको छ । यसैगरी वडा सदस्य पदमा १ हजार ४९६ मत प्राप्त गरेर दिपेश राउत क्षेत्री र १ हजार ३०७ मत प्राप्त गरेर सरोजकुमार मुल्मी निर्वाचित हुनुभएको छ । उहाँहरुले नेपाली कांग्रेसकातर्फबाट उम्मेदवार बन्नुभएको थियो ।
वडाका ५ पदका लागि २५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो । जसमध्ये अध्यक्ष पदका लागि ६ जना, महिला सदस्य पदका लागि ५ जना, दलित महिला सदस्य पदका लागि ४ जना र सदस्य पदका लागि १० जना उम्मेदवार हुनुहुन्थ्यो ।
वडा ११, थापाथली
अध्यक्ष
१) विपना शर्मा — विवेकशील साझा पार्टी — १४१
२) योगेन्द्रमान श्रेष्ठ — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — ९५०
३) विनोदकुमार दुवाडी — राष्ट्रिय प्रजातन्त्र पार्टी — २५२
४) सविना खत्री — लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल — ४०
५) सुशिल राजभण्डारी — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) — १६६
६) हीरालाल तण्डुकार — नेपाली कांग्रेस — १५५५ विजयी
महिला सदस्य
१) आशा श्रेष्ठ — नेपाली कांग्रेस — १५३४ विजयी
२) गीता श्रेष्ठ — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) — २१०
३) ज्योती अर्याल (उपाध्याय) — विवेकशील साझा पार्टी — १०३
४) मायादेवी महर्जन — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — ८५४
५) सुस्मिता परियार (श्रेष्ठ) — राष्ट्रिय प्रजातन्त्र पार्टी — २५८
दलित महिला सदस्य
१) दिलमाया वि. क. — राष्ट्रिय प्रजातन्त्र पार्टी — २९०
२) नानु परियार — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — ७४१
३) यशोमती परियार — नेपाली कांग्रेस — १६२४ विजयी
४) सजना परियार — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) — १९१
सदस्य
१) अमृत खनाल — लोकतान्त्रिक समाजवादी पार्टी नेपाल — १२
२) ज्ञानुकुमार बज्राचार्य — राष्ट्रिय प्रजातन्त्र पार्टी — ५९०
३) दिपेश राउत क्षेत्री — नेपाली कांग्रेस — १४९६ विजयी
४) निर्मला थापा (खनाल) — विवेकशील साझा पार्टी — ५५
५) मधुसुदन श्रेष्ठ — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — ६७८
६) लेखनाथ गौत्तम — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) — ७६
७) सञ्जीवमान सिंह डंगोल — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — ६८४
८) सरोजकुमार मुल्मी — नेपाली कांग्रेस — १३०७ विजयी
९) सुजन कुमार श्रेष्ठ — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) — २२२
१०) हरिबहादृर थापा क्षेत्री — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) — १७२