वडा २६ को अध्यक्षमा तिवारी निर्वाचित : वडा समितिका लागि २६ जनाबिच प्रतिस्पर्धा
काठमाडौँ । काठमाडौँ महानगरको वडा २६ मा नेपाली कांग्रेसका उम्मेदवार ख्यामराज तिवारी तिवारीले ३ हजार ३१५ मत प्राप्त गरेर विजय हासील गर्नुभएको छ । गएको बैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत वडाको मत गणना जेठ ९ गते सकिएको हो । गणना सकिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय काठमाडौँले परिणाम घोषणा गरेको हो । तिवारीका निकतटम प्रतिस्पर्धी नेकपा एमालेका तीर्थकाजी डंगोलले २ हजार ४२९ मत प्राप्त गर्नुभएको छ ।
वडाको महिला सदस्य पदमा २ हजार ९३२ मत ल्याएर शान्ता महर्जन (प्रजापती), दलित महिला सदस्य पदमा २ हजार ८१७ मत ल्याएर रुपा नेपाली निर्वाचित हुनुभएको छ । यसैगरी वडा सदस्य पदमा २ हजार ७२२ मत ल्याएर प्रवेश श्रेष्ठ र २ हजार ७१४ मत ल्याएर बाबुकाजी महर्जन विजयी हुनुभएको छ । उहाँहरुले नेपाली कांग्रेसको उम्मेदवारका रुपमा चुनावमा भाग लिनुभएको थियो ।
वडा समितिका लागि २६ जना उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्थ्यो । जसमा ३ जना स्वतन्त्रसहित अध्यक्ष पदका लागि ८ जना, महिला सदस्य ४ जना, दलित महिला सदस्य ३ जना र सदस्य पदमा ११ जनाले भाग लिनुभएको थियो ।
वडा २६, लैनचौर
अध्यक्ष
१) अष्टनारायण महर्जन — राष्ट्रिय प्रजातन्त्र पार्टी — ३३५
२) केदारनाथ पाण्डे — स्वतन्त्र — १४९
३) ख्यामराज तिवारी — नेपाली कांग्रेस — ३३१५ विजयी
४( गंगाराम खड्गी — स्वतन्त्र — ७
५) तीर्थकाजी डंगोल — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — २४२९
६) प्रभुलाल जोशी — स्वतन्त्र — ३२
७) मोहनबहादुर प्रधान — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) — १०४
८) राम महर्जन — नेपाल मजदुर किसान पार्टी — २८
महिला सदस्य
१) कान्ता अधिकारी गौत्तम — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — २११०
२) मीरा श्रेष्ठ — राष्ट्रिय प्रजातन्त्र पार्टी — ६४९
३) विनाकुमारी थापा (राना मगर) — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) — १५४
४) शान्ता महर्जन प्रजापती — नेपाली कांग्रेस — २९३२ विजयी
दलित महिला सदस्य
१) निर्मला बोगटी — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — २०६५
२) राधिका विश्वकर्मा — राष्ट्रिय प्रजातन्त्र पार्टी — ५९९
३) रुपा नेपाली — नेपाली कांग्रेस — २८१७ विजयी
सदस्य
१) अर्जुनकुमार श्रेष्ठ — राष्ट्रिय प्रजातन्त्र पार्टी — ५७६
२) उद्धवप्रसाद सिटौला — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — २०२०
३) कृष्ण रजक — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — १८८३
४) गोपालकृष्ण श्रेष्ठ — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) — १५०
५) दिपक श्रेष्ठ — जनता समाजवादी पार्टी, नेपाल — २०
६) प्रकाश प्रजापती — राष्ट्रिय प्रजातन्त्र पार्टी — ६५४
७) प्रवेश श्रेष्ठ — नेपाली कांग्रेस — २७२२ विजयी
८) वसन्तकुमार श्रेष्ठ — जनता समाजवादी पार्टी, नेपाल — २
९) बाबुकाजी महर्जन — नेपाली कांग्रेस — २७१४ विजयी
१०) मनोज पाण्डे — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) — ७०
११) विष्णुबहादुर महत — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) — २१३