वडा २२ को अध्यक्षमा महर्जन निर्वाचित : दलित महिला सदस्य निर्विरोध
काठमाडौँ । काठमाडौँ महानगरको वडा २२ मा नेकपा एमालेका उम्मेदवार चिनीकाजी महर्जनले २ हजार ६० मत प्राप्त गरेर अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । स्थानीय तह सदस्य निर्वाचन २०७९ का कार्यक्रमअन्तर्गत बैशाख ३० गते निर्वाचन भएको थियो । ३१ गतेदेखि बडा १ बाट माथि र वडा ३२ बाट तलको क्रममा मत गणना थालिएको थियो । १० गते वडाको गणना सकिएको होे । महर्जनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शालिग्राम तण्डुकारले १ हजार ४७८ मत प्राप्त गर्नुभयो ।
वडाको महिला सदस्य पदमा नेपाली कांग्रेसकी उम्मेदवार ललिता खड्गीले १ हजार ५९६ मत प्राप्त गरेर निर्वाचित हुनुभयो । दलित महिला सदस्य पदमा नेकपा एमालेकी उम्मेदवार गीता परियार एक जनाको मात्र उम्मेदवारी परेकोले निर्विरोध हुनुभयो ।
सदस्य पदमा १ हजार ७३६ मत ल्याएर अनिल हाडा र १ हजार ८५९ मत ल्याएर चन्द्रमान तुलाधर निर्वाचित हुनुभयो । उहाँहरुले नेपाली कांग्रेसको उम्मेदवारका रुपमा चुनावमा भाग लिनुभएको थियो ।
वडाका लागि १८ जनाको उम्मेदवारी परेको थियो । जसमध्ये अध्यक्ष पदका लागि ४ जना, महिला सदस्य पदका लागि ५ जना दलित महिला सदस्य पदका लागि १ जना र सदस्य पदका लागि ८ जनाको उम्मेदवारी परेको थियो ।
वडा २२, नयाँ सडक
अध्यक्ष
१) चिनीकाजी महर्जन — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — २०६० विजयी
२) शालिग्राम तण्डुकार — नेपाली कांग्रेस — १४७८
३) शैलेश डंगोल — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) — ६७
४) सुनिल महर्जन — राष्ट्रिय प्रजातन्त्र पार्टी — १०३
महिला सदस्य
१) उर्मिला महर्जन — राष्ट्रिय प्रजातन्त्र पार्टी — १३१
२) ललिता खड्गी — नेपाली कांग्रेस — १५९६ विजयी
३) सरु श्रेष्ठ — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — १५५३
४) सीता महर्जन — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) — ७२
५) सुमिता शिखाकार — जनता समाजवादी पार्टी, नेपाल — १०१
दलित महिला सदस्य
१) गीता परियार — नेपाल कम्युनिष्ट पार्टी (एमाले) निर्विरोध निर्वाचित
सदस्य
१) अनिल चित्रकार — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — १२८९
२) अनिल हाडा — नेपाली कांग्रेस — १७३६ विजयी
३) उष्मा स्थापित (डंगोल) — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) — ७४
४) चन्दनसिंह धारी — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — १३६८
५) चन्द्रमान तुलाधर — नेपाली कांग्रेस — १८५९ विजयी
६) तीर्थनारायण महर्जन — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) — ५५
७) बद्रीनारायण खड्गी — राष्ट्रिय प्रजातन्त्र पार्टी — १४७
८) राजुलाल श्रेष्ठ — राष्ट्रिय प्रजातन्त्र पार्टी — १३५