वि.सं.: २०८२, माघ १० शनिबार
इ.स.: 2026 January 24,SATURDAY
वि.सं.: २०८२, माघ १० शनिबार
वडा २१ को अध्यक्षमा बज्राचार्य विजयी : निर्वाचन परिणाम सार्वजनिक
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा २१ को निर्वाचन परिणाम सार्वजनिक भएको छ । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत गएको बैशाख ३० गते सम्पन्न निर्वाचनबाट नेकपा एमालेका उम्मेदवार उदयचुडामणि बज्राचार्यले २ हजार १ मत प्राप्त गरेर विजय हासिल गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मधुसुदन प्रधानले १ हजार ५१३ मत प्राप्त गर्नुभएको छ ।
वडाको महिला सदस्य पदमा २ हजार ४ मत प्राप्त गरेर ज्ञानु डंगोल महर्जन, दलित महिला सदस्य पदमा २ हजार १ सय मत प्राप्त गरेर रीना नेपाली निर्वाचित हुनुभएको छ । यस्तै वडा सदस्य पदमा १ हजार ८४७ मत प्राप्त गर्ने न्हुच्छेदवी महर्जन र १ हजार ७९३ मत प्राप्त गर्ने श्याम शाक्य निर्वाचित हुनुभयो । उहाँहरु सबै नेकपा एमालेका उम्मेदवार हुनुहुन्थ्यो ।
वडामा अध्यक्ष पदका ४ सहित १८ जना उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्थ्यो । जसमध्ये महिला सदस्य पदमा ४ जना, दलित महिला सदस्य पदमा २ जना र सदस्य पदमा ८ जना हुनुहुन्थ्यो ।
वडा २१, लगनटोल
अध्यक्ष
१) अजेलिया रंजितकार — राष्ट्रिय प्रजातन्त्र पार्टी — १२८
२) उदयचुडामणि बज्राचार्य — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — २००१
३) गौत्तमदास कर्माचार्य — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) — ४८
४) मधुसुदन प्रधान — नेपाली कांग्रेस — १५१३
महिला सदस्य
१) कल्पना खड्गी (शाही) — नेपाली कांग्रेस — १२८२
२) ज्ञानु डंगोल (महर्जन) — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — २००४
३) बसुधा श्रेष्ठ (महर्जन) — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) — ५७
४) सूर्यमाया श्रेष्ठ — राष्ट्रिय प्रजातन्त्र पार्टी — १५२
दलित महिला सदस्य
१) रीना नेपाली — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — २१००
२) सीता दर्जी (महर्जन) — नेपाली कांग्रेस — १२७८
सदस्य
१) न्हुच्छेदेवी महर्जन — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — १८४७
२) पूर्णराजा महर्जन — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) — १२१
३) मचानानी महर्जन — राष्ट्रिय प्रजातन्त्र पार्टी — १२१
४) मोहद द्यौला पोडे — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) — ९४
५) बर्खा पोडे — नेपाली कांग्रेस — १२२९
६) श्याम शाक्य — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — १७९३
७) सजन डंगोल — नेपाली कांग्रेस — १३२७
८) सुवास राजभण्डारी — राष्ट्रिय प्रजातन्त्र पार्टी — १७७
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App