वडा १८ को अध्यक्षमा महर्जन विजयी : दलित महिला सदस्य निर्विरोध
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा १८ को अध्यक्षमा न्हुच्छेकाजी महर्जन निर्वाचित हुनुभएको छ । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत बैशाख ३० गते सम्पन्न निर्वाचनबाट महर्जन निर्वाचित हुनुभएको हो । नेकपा एमालेका उम्मेदवार महर्जनले १ हजार २९३ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजन महर्जनले ७७१ मत प्राप्त गर्नुभएको छ ।
वडाको महिला सदस्य पदमा नेकपा एमालेकी उम्मेदवार हेराशोभा डंगोल महर्जन १ हजार ३५१ ल्याएर विजयी हुनुभएको छ । त्यस्तै दलित महिला सदस्य पदमा नेकपा एमालेकै अम्बिका सुनार एक जनाको मात्र उम्मेदवारी परेकोले निर्विरोध हुनुभएको छ ।
वडा सदस्य पदमा १ हजार १२८ मत प्राप्त गरेर रचना शर्मा र १ हजार २२४ मत प्राप्त गरेर हेमज्योती शाक्य निर्वाचित हुनुभएको छ । उहाँहरु नेकपा एमालेकातर्फबाट उम्मेदवार बन्नुभएको थियो ।
वडामा १७ जना प्रत्याशी हुनुहुन्थ्यो । जसमध्ये अध्यक्ष पदका लागि ५ जना, महिला सदस्य पदका लागि ३ जना, दलित महिला सदस्य पदका लािग १ जना र सदस्य पदका लागि ८ जना उम्मेदवार हुनुहुन्थ्यो ।
वडा १८, नरदेवी
अध्यक्ष
१) गीता खड्गी — राष्ट्रिय प्रजातन्त्र पार्टी — ८३
२) चन्द्रकुमार महर्जन — जनता समाजवादी पार्टी, नेपाल — १०४
३) न्हुच्छेकाजी महर्जन — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — १२९३
४) राजन महर्जन — नेपाली कांग्रेस — ७७१
५) राजेन्द्र रजक — नेपाल मजदुर किसान पार्टी — ५७
महिला सदस्य
१) कमला नरसिंह सुवाल — नेपाली कांग्रेस — ६६१
२) नेहाकुृमारी मल्ल (खड्गी) — राष्ट्रिय प्रजातन्त्र पार्टी — ९८
३) हेराशोभा महर्जन (डंगोल) — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — १३५१
दलित महिला सदस्य
१) अम्विका सुनार — नेपाल कम्युनिष्ट पार्टी (एमाले) निर्विरोध निर्वाचित
सदस्य
१) नहकुल महर्जन — जनता समाजवादी पार्टी, नेपाल — १०२
२) पदमराज श्रेष्ठ — राष्ट्रिय प्रजातन्त्र पार्टी — ११४
३) विद्यानराज बैद्य — स्वतन्त्र — २३१
४) मनिष हमाल — जनता समाजवादी पार्टी, नेपाल — १०३
५) रचना शर्मा — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — ११२८
६) सुमितकृष्ण शाही — नेपाली कांग्रेस — ५९८
७) हेमज्योती शाक्य — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — १२२४
८) हेराकाजी प्रजापती — नेपाली कांग्रेस — ५६४