वडा १९ को अध्यक्षमा श्रेष्ठ निर्वाचित : २७ वटा वडाको गणना सकियो
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा १९ को निर्वाचन परिणाम सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय काठमाडौँले बुधबार परिणाम घोषणा गर्दै १ हजार २ सय मत प्राप्त गर्ने नेपाली कांग्रेसका उम्मेदवार राजेश कुमार श्रेष्ठलाई विजयी घोषणा ग¥यो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका चन्द्रमान मुनिकारले ७४१ मत प्राप्त गर्नुभयो ।
वडाको महिला सदस्य पदमा १ हजार ३६९ मत प्राप्त गरेर रेणुकमल भारती शाही, दलित महिला सदस्य पदमा १ हजार ४१५ मत ल्याएर रञ्जिता परियार निर्वाचित हुनुभयो । त्यस्तै सदस्य पदमा चन्द्रमान डंगोल र दिनेशमान जोशी निर्वाचित हुनुभयो । उहाँहरुले क्रमशः १ हजार ४१७ र १ हजार १९८ मत प्राप्त गर्नुभएको छ ।
यस वडाका सबै पदमा नेपाली कांग्रेसका उम्मेदवारले विजय हासिल गर्नुभएको हो ।
वडाध्यक्षका लागि ५ जना, महिला सदस्यका लािग ४ जना, दलित महिला सदस्यका लागि २ जना र सदस्यका लागि ८ जना गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।
वडा १९, ढोकाटोल
अध्यक्ष
१) चन्द्रमान मुनिकार — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — ७४१
२) मिलन शाही — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) — १९७
३) राजिब महर्जन — स्वतन्त्र — ४७४
४) राजेशकुमार श्रेष्ठ — नेपाली कांग्रेस — १२०० विजयी
५) सविक शाही — राष्ट्रिय प्रजातन्त्र पार्टी — १९८
महिला सदस्य
१) एलिना शाही — राष्ट्रिय प्रजातन्त्र पार्टी — ४०८
२) रीता शाक्य — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) — १८९
३) रेणुकमल भारती शाही — नेपाली कांग्रेस — १३६९ विजयी
४) लक्ष्मी हीरा शाक्य — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — ७०८
दलित महिला सदस्य
१) तीर्थदेवी पुजारी — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — ७४७
२) रञ्जिता परियार — नेपाली कांग्रेस — १४१५ विजयी
सदस्य
१) चन्द्रमान डंगोल — नेपाली कांग्रेस — १३१७ विजयी
२) दिनेशमान जोशी — नेपाली कांग्रेस — ११९८ विजयी
३) निरव शाही — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — ६२४
४) प्रतिक खड्गी — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) — २५८
५) मनिल शाही — राष्ट्रिय प्रजातन्त्र पार्टी — २६९
६) रिकेश शाही — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) — २६३
७) सुरेन डंगोल — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — ७३१
८) सुवर्णमान महर्जन — राष्ट्रिय प्रजातन्त्र पार्टी — २५०