वडा २० को अध्यक्षमा मानन्धर निर्वाचित : ५ वटा वडाको गणना जारी
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. २० को निर्वाचन परिणाम घोषणा भएको छ । आज मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन परिणाम सुनाएको हो । जसअनुसार नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र मानन्धरले १ हजार ४७५ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार हितकर वीरसिंह कंसाकारले ६६५ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी १ हजार २८४ मत ल्याएर शोभादेवी मानन्धर महिला सदस्य पदमा, १ हजार २८१ मत ल्याएर उर्मिला शाही नेपाली दलित महिला सदस्य पदमा, १ हजार ४३४ मत ल्याएर अनेश चित्रकार र १ हजार २३६ मत ल्याएर रसेल श्रेष्ठ सदस्य पदका निर्वाचित हुनुभएको छ ।
वडाका लागि २२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो । जसमा अध्यक्ष पदका लागि ६ जना, महिला सदस्य पदका लागि ५ जना, दलित महिला सदस्य पदका लागि ३ जना र सदस्य पदका लागि ८ जना प्रत्याशी हुनुहुन्थ्यो ।
वडा २०, भीमसेनस्थान
अध्यक्ष
१) भरत माली — राष्ट्रिय प्रजातन्त्र पार्टी — ११८
२) रजिन स्थापित — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)३३६
३) राजेन्द्र मानन्धर — नेपाली कांग्रेस — १४७५
४) विन्दु कर्माचार्य — नेपाल मजदुर किसान पार्टी — ६
५) सुजिना थापा — लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल, — २
६) हितकरवीर सिंह ताम्राकार — नेपाल कम्युनिष्ट पार्टी (एमाले), — ६६५
महिला सदस्य
१)ं मञ्जु मानन्धर (राना मगर) — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) — २२४
२) शोभादेवी मानन्धर — नेपाली कांग्रेस — १२८४
३) सरिता मानन्धर — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — ७६०
४) सहनशीला मानन्धर — राष्ट्रिय प्रजातन्त्र पार्टी — १९१
५) सीता कपाली — नेपाल मजदुर किसान पार्टी — ५
दलित महिला सदस्य
१) उर्मिला शाही (नेपाली) — नेपाली कांग्रेस — १२८१
२) जानुका नेपाली — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — ६८७
३) शारदा च्यामे — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) — २२३
सदस्य
१) अनेश चित्रकार — नेपाली कांग्रेस — १४३४
२) देवकुमार महर्जन — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) २७१
३) देवेन्द्रमान राजभण्डारी — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — ५८२
४) नरेशानन्द बज्राचार्य — राष्ट्रिय प्रजातन्त्र पार्टी — १६६
५) नविनबहादुृर शाक्य — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — ७१०
६) नानीछोरी शाही — राष्ट्रिय प्रजातन्त्र पार्टी — १०७
७) रसेल श्रेष्ठ — नेपाली कांग्रेस — १२३६
८) सूर्यमान महर्जन — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) — २३४