काठमाडौँ महानगरका जनप्रतिनिधिको पद तथा गोपनीयताको शपथ
काठमाडौँ । काठमाडौँ महानगरका नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सोमबार राष्ट्रिय सभा गृहमा आयोजना गरिएको कार्यक्रममा स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिलाई प्रमाण पत्र वितरण गर्दै पद तथा गोपनीयताको शपथ गराइएको हो । काठमाडौँ जिल्लाका मुख्य न्यायाधीश राजुकृमार खतिवडाले प्रमुख बालेन्द्र शाह (बालेन) लाई र प्रमुख शाहले उपप्रमुख सुनिता डंगोल, वडाध्यक्ष तथा वडा सदस्यहरुलाई शपथ गराउनुभएको हो ।
शपथपछि प्रमृुख शाह र उपप्रमुख डंगोलले जेडिए कम्प्लेक्समा रहेको कार्यकक्षमा पद बहाली गर्नुभएको थियो । त्यसैगरी वडाध्यक्ष तथा सदस्यहरुले आफ्नाआफ्ना वडामा पदबहाली गर्नुभएको थियो ।