प्रमुख उपप्रमुखसहित जनप्रतिनिधिको पदवहाली
काठमाडौँ । काठमाडौँ महानगरका नवनिर्वाचित प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोल तथा वडा समितिका जनप्रतिनिधिले पदबहाली गर्नुृभएको छ । सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले पद तथा गोपनीयताको शपथ गराएपछि उहाँहरुले पदवहाली गर्नुभएको हो ।
पदवहाली गर्दै प्रमुख शाहले कार्यपालिका बैठक प्रत्यक्ष प्रसारण गर्ने निर्णय गर्नुभयो । यसैगरी उपप्रमुख डंगोलले महिला हिँसा न्युनीकरणका लागि वडास्तरीय सेल गठन गर्ने र विवाद निरुपणका लागि वडास्तरीय मेलमिलापकर्ताहरुको सूचीकरण गर्ने निर्णय गर्नुभयो ।
पदवहालीपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख शाहले, फोहोरको दीर्घकालीन व्यवस्थापन आफ्नो पहिलो काम रहेको उल्लेख गर्नुभयो । यसैगरी उपप्रमुख डंगोलले, समन्वय, सहकार्य र सहअस्तित्वबाट सहरी व्यवस्थापनमा दृढताका साथ काम गर्ने बताउनुभयो ।
पदबहालीपछि पहिलो कार्यपालिका बैठक बसेको थियो ।