वि.सं.: २०८२, माघ ३ शनिबार
इ.स.: 2026 January 17,SATURDAY
वि.सं.: २०८२, माघ ३ शनिबार
प्रधानमन्त्री देउवासँग मेयर शाहको शिष्टाचार भेट
काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुभएको छ । भेटका लागि प्रमुख शाह प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको थियो ।
भेटका क्रममा प्रधानमन्त्री देउवाले प्रमुख शाहले चुनावी प्रतिस्पर्धामा प्राप्त गर्नुभएको जीतको प्रशंशा गर्नुभएको थियो । त्यस्तै आवश्यक परेका सबै खालका सहयोग गर्न आफू तयार रहेको बताउनुभएको थियो ।
महानगरमा कांग्रेसको बहुमत छ । तपाईँले अघि सारेका योजनामा हामी सहयोग गर्नेछौँ । प्रधामन्त्री देउवाले भन्नुभयो, ‘फोहोर व्यवस्थापनका लागि उपाय लगाउनोस्, संघ सरकार र सडक विभागलगायत मातहतका कार्यालयहरुबाट सहयोग प्राप्त हुनेछ ।’
त्यस अवसरमा प्रमुख शाहले, फोहोरमैलाको दिगो समाधानसहित सहरी व्यवस्थापनमा आफूले सहयोग प्राप्त गर्ने आशा गरेको बताउनुभएको थियो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App