वि.सं.: २०८२, माघ ३ शनिबार
इ.स.: 2026 January 17,SATURDAY
वि.सं.: २०८२, माघ ३ शनिबार
हरेक महिनाको पहिलो सोमबार समन्वय समितिको बैठक बस्ने
काठमाडौँ । काठमाडौँ महानगरको एकीकृत एवं समन्वयात्मक विकास प्रणाली विकास गर्न निकायगत छलफल सुरु गरिएको छ । यसका लागि शुक्रबार महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बैठक बस्यो । बैठकमा उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड््याल, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्सहित काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, दूर सञ्चार प्राधिकरण, सडक विभाग, मेलम्ची खानेपानी आयोजनालगायत विकास साझेदार कार्यालयका पदाधिकारी सहभागी हुनुहुन्थ्यो ।
बैठकले हरेक महिनाको पहिलो सोमबार दिनको ०३ः०० बजे समन्वय समितिको बैठक बस्ने निर्णय गरेको छ । बैठकमा विकास साझेदार कार्यालयका व्यवस्थापन र कार्यकारी भूमिकामा रहेका पदाधिकारी उपस्थिति रहनेछ । त्यस बैठकले चालु योजना कार्यान्वयनको समीक्षा गर्नेछ । यसैगरी एकीकृत कार्यक्रमबाट सञ्चालन गर्न सकिने योजनाको यकिन गर्नेछ । यसबाट सहरी पूर्वाधार तथा सेवा वितरणमा देखिएका समस्या समाधान हुनेछ अपेक्षा गरिएको छ ।
कानुनी तथा व्यवहारिक पक्ष, प्रबन्ध, संयोजन तथा समायोजन गर्नुपर्ने पक्षलाई व्यवस्थित गर्त यस प्रकारको बैठक बस्न लागिएको प्रमुख शाहको भनाइ छ । विकास निर्माणका कामलाई व्यवस्थित गर्न र सेवाप्रवाहलाई पारदर्शी बनाउन समन्वय बैठक प्रभावकारी हुने शाहको भनाइ छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App