वि.सं.: २०८२, माघ ३ शनिबार
इ.स.: 2026 January 17,SATURDAY
वि.सं.: २०८२, माघ ३ शनिबार
कल सेन्टर सञ्चालनमा : पहिलो कार्यपालिका बैठकको निर्णय कार्यान्वयनमा
काठमाडौँ । आजदेखि काठमाडौँ महानगरपालिकाको कल सेन्टर (गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र) सञ्चालनमा आएको छ । नवनिर्वाचित जनप्रतिनिधिले पदबहाली गरेपछि जेठ १६ गते बसेको पहिलो कार्यपालिका बैठकले ७ दिनभित्र कल सेन्टर सञ्चालन गर्ने निर्णय गरेको थियो । निर्णय कार्यान्वयन गर्दै आजदेखि राष्ट्रिय सभा गृहमा केन्द्र सञ्चालन गरिएको हो ।
महानगरलाई उत्तरदायी स्थानीय सरकारका रुपमा स्थापित गर्न नागरिकका गुनासा सुन्ने प्रणाली विकास गरिएको महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को भनाइ छ । ‘महानगर के गर्दैछ? जनताले सोध्न पाउनु पर्छ । आफ्ना समस्या राख्ने ठाउँ पाउनु पर्छ । यसका लागि जनताले कल सेन्टरले काम गर्नेछ ।’ प्रमुख शाहको भनाइ छ ।
महानगरसँग कुनै गुनासो गर्नु छ भने वा केही सोधपुछ गर्नु छ भने निःशुल्क टेलिफोन नं. १६६००१ ०५५११ मा सम्पर्क गर्न सकिनेछ । सूचना प्रविधि विभागका प्रमुख नमराज ढकाल भन्नुहुन्छ, ‘सेन्टरको क्षमता एकैपटक १५ वटा टेलिफोन रिसिभ गर्न सकिने खालको छ । अहिले ५ वटाबाट थालेका छौँ ।’
कल सेन्टरमा कसैले टेलिफोन गरेपछि त्यो सीडीआर (कल डिटेल रेकर्ड) महानगरको सर्भरमा रेकर्ड हुने व्यवस्था गरिएको छ । गुनासो वा सोधपुछकर्तासँग कुरा गर्दागर्दै अपरेटरले उनीहरुको फोन नं., फोन गरेको समय, गुनासो वा सोधपुछको विवरण, भौगोलिक नक्साजस्ता आधारभूत विवरण सफ्टवेयरमा भर्छन् । त्यसमा गुनासो वा सोधपुछसँग सम्बन्धित अधिकारीको विवरण पनि भरिन्छ । यो विवरण भरिसकेपछि प्रणालीले स्वचालित रुपमा गुनासो सुनुवाई गर्ने अधिकारी, प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलाई एसएमयस र इमेल पठाउँछ । इमेलमा गुनासोकर्ताको आवाज, समस्यासँग सम्बन्धित तस्विर, भौगोलिक नक्सा तथा विवरण समावेश हुन्छ । केन्द्र सञ्चालनका परामर्शदाता नवराज गुरुङ् भन्नुहुन्छ, ‘अपरेटरको काम त्यतिले मात्र पूरा हुँदैन । भोलिपल्ट गुनासो सुनुवाई गर्ने अधिकारी वा वडाबाट प्रगति मागेर गुनासो गर्ने व्यक्तिलाई काम कहिलेसम्ममा हुन सक्छ भन्ने खवर पनि गर्नुपर्छ ।’
महानगरको सेवा, महानगरका वडा, विभाग, आयोजना तथा एकाईसँग सम्बन्धित सोधपुछ तथा गुनासा, महानगरीय सेवा तथा सुविधा वितरणसँग सम्बन्धित काम तथा महानगरसँग भएका अपेक्षा सम्बन्धि गुनासा तथा सोधखोजका लागि यो प्रणाली स्थापना गरिएको हो ।
सूचना प्रविधि विभागका प्रमुख ढकालकाअनुसार अहिले यो प्रणाली कार्यालय समयमा सञ्चालन हुनेछ । तर गुनासो वा सोधपुछकर्ताले फोन गरेर ५ अङ्क थिचेपछि रेकर्ड हुने व्यवस्था गरिएको छ । यो रेकर्ड भोलिपल्ट केन्द्रका कर्मचारीले सुनेर सम्बोधन गर्नेछन् ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App