वि.सं.: २०८२, मंसिर १२ शुक्रबार
इ.स.: 2025 November 28, FRIDAY
वि.सं.: २०८२, मंसिर १२ शुक्रबार
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. ११ का अध्यक्ष हिरालाल तण्डुकारले नवयुवा विद्यार्थीलाई नैतिक आचरणयुक्त नागरिक बन्न आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “अहिले ठूलो मान्छे बन्न खोजिन्छ तर हाम्रो समाजलाई ठूलो भन्दा पनि असल मान्छेको खाँचो छ।”
तण्डुकारले सो कुरा वडा नं. ११ द्वारा आयोजित एस.इ.इ. उत्तीर्ण विद्यार्थी र उत्कृष्ट खेलाडीका लागि राखिएको ‘’बधाई तथा सम्मान कार्यक्रम” लाई सम्बोधन गर्दै व्यक्त गर्नुभएको हो । कार्यक्रममा २०८१ सालको एस.इ.इ. परीक्षामा उत्तीर्ण भएका विद्यार्थी तथा विभिन्न खेल प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने खेलाडीहरुलाई बधाई दिँदै सम्मान गरिएको थियो ।
कार्यक्रममा वडा नं. २६ ले आयोजना गरेको जिल्लाव्यापी बृहत् खेलकुद प्रतियोगिता अन्तर्गत टेबलटेनिसमा प्रथम स्थान हासिल गर्नुहुने अंशु खनाल र वडा नं. २२ ले आयोजना गरेको सहिद सुरज शाक्य स्मृति प्रथम महानगरव्यापी (१४ वर्ष उमेर समूहमा) अन्तरवडा बुद्धिचाल प्रतियोगितामा प्रथम स्थान हासिल गर्नुहुने प्रवीर के.सी. लाई सम्मान पत्र र मायाको चिनो प्रदान गरिएको थियो । त्यस्तै, एस.इ.इ. मा उत्तीर्ण भएका २७ जना विद्यार्थीलाई पाँच–पाँच वटा रजिस्टर (कपी) र सम्मानपत्र दिइएको थियो ।
अध्यक्ष तण्डुकारले विद्यार्थी र युवाहरूलाई असल आचरण, जिम्मेवारी र सामाजिक सद्भावका मूल्य आत्मसात् गर्न उत्प्रेरित गर्दै वडाबाट नै अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने योजना रहेको पनि सुनाउनुभयो । उहाँले स्मरण गर्नुभयो, “म २०४९ सालमा वडा अध्यक्ष हुँदा पनि शिक्षाविद्हरूलाई बोलाएर विचार–विमर्श र प्रवचन गर्ने, सम्मान गर्ने परम्परा सुरु गरेको थिएँ । त्यतिबेला बजेट नहुँदा पनि हामीले चन्दा सङ्कलन गरेर कार्यक्रम गर्थ्यौँ, जसले आपसी सद्भाव र सामाजिक सम्बन्ध मजबुत बनाउँथ्यो ।” उहाँका अनुसार आजको युवा पुस्तालाई नैतिक र सदाचारयुक्त बनाउनु नै समाज र देशलाई नै सभ्य बनाउने बाटो हो ।
कार्यक्रममा वडा सदस्य आशा श्रेष्ठ रौनियारले विद्यार्थी र खेलाडी नै भोलिको देश निर्माणकर्ता भएको बताउँदै भन्नुभयो, “हामी अभिभावकले दिएको संस्कार र हौसला नै उनीहरूको मार्गनिर्देशक बन्ने भएकाले यस कार्यक्रमको उद्देश्य नै त्यसैसँग जोडिएको छ ।”
अभिभावकको तर्फबाट बोल्दै कल्पना खनालले वडा कार्यालयले यसरी आफ्ना नानीबाबुलाई सम्मान गरेकोमा हर्ष व्यक्त गर्दै भन्नुभयो, “सिफारिस वा प्रमाणपत्रका लागि पुग्ने यही वडा कार्यालयले हाम्रो नानी–बाबुहरूलाई सम्मान गरेकोमा निकै गर्व लागेको छ।”
त्यस्तै, विद्यार्थीको तर्फबाट बोल्दै साम्राज्ञी शाह र सार्थकमान श्रेष्ठले वडा कार्यालयले गरेको सम्मानले आत्मबल बढाएको बताउनुभयो । शाहले भन्नुभयो, “वडा कार्यालयले यसरी सम्मान गर्छ भन्ने थाहा नै थिएन, अत्यन्त खुशी लागेको छ।” श्रेष्ठले भन्नुभयो, “पहिले सिफारिस लिन आउने वडा कार्यालयले आज हाम्रो सम्मान गर्र्यो, यो हाम्रो आफ्नै घरजस्तो लागेको छ।”
वडा सचिव धर्मराज भट्टराईले वडा नं. ११ का स्थायी बासिन्दाका छोराछोरीलाई सम्मान गरिएको जानकारी दिनुभयो । कार्यक्रममा वडा सदस्य यशोमती परियार, दिपेश राउत क्षेत्री, सरोजकुमार मुल्मी लगायत अभिभावकहरूको बाक्लो उपस्थिति थियो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App