वि.सं.: २०८२, माघ ३ शनिबार
इ.स.: 2026 January 17,SATURDAY
वि.सं.: २०८२, माघ ३ शनिबार
त्रिपक्षीय प्रतिबद्धतापछि आजबाट फोहोर व्यवस्थापन सुरु हुने
काठमाडौँ । आजबाट काठमाडौँको फोहोर व्यवस्थापन सुरु भएको छ । स्थानीयहरुले साइट व्यवस्थापन, स्थानीय पूर्वाधार र साामाजिक जीवन सुधारको माग राखेर विगत १० दिनदेखि फोहोर व्यवस्थापन कार्य रोकेका थिए । सोमबार सहरी विकास मन्त्रालयमा मन्त्री रामकुमारी झाँक्री, महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोलको रोहबरमा त्रिपक्षीय प्रतिवद्धतामा हस्ताक्षर भएको थियो । हस्ताक्षरमा बञ्चरेडाँडा फोहोर व्यवस्थापन आयोजनाकातर्फबाट निर्देशक रविन्द्र वोहोरा, काठमाडौँ महानगरकातर्फबाट प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड््याल र धुनिबेँसी नगरपालिकाकातर्फबाट प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले हस्ताक्षर गर्नुभएको हो ।
त्रिपक्षीय प्रतिवद्धताअनुसार सहरी विकास मन्त्रालयले प्रभावित क्षेत्रका ५ वटा क्षेत्रका लागि आ. व. २०७९÷०८० मा ४२ करोड ५० लाख रुपैयाँ, नदी नियन्त्रण, सामुदायिक भवन र मन्दिर निर्माण तथा वृक्षारोपण कार्यका लागि १ करोड ७० लाख विनियोजन गरेको छ ।
जग्गा अधिग्रहणका सम्बन्धमा वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन प्राप्त भएपछि प्रक्रिया थालनी हुनेछ । यही प्रतिवेदनका आधारमा स्थानीयका लागि १० बेडको अस्पताल सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरिनेछ । प्रतिवेदनकै आधारमा ६ महिनाभित्र सिसडोलको पोष्ट क्लोजरको प्रक्रिया सुरु हुनेछ ।
काठमाडौँ महानगरले १ हप्ताभित्र धुनिवेँसी नगरको वडा १, ३ र ४ तथा ककनी गाउँपालिकाको वडा नं. १, २ र ३ प्रभावित क्षेत्रका स्थानीयबासीको स्वास्थ्य वीमा गर्नेछ । यसमा नेपाल स्वास्थ्य वीमा बोर्डको विधि र दोहोरो नपर्ने गरी वीमा हुनेछ । यी वडाहरुलाई यस अघि उपलब्ध गराइँदै आएको पूर्वाधार विकास अनुदानलाई निरन्तरता दिइनेछ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको प्रतिवेदनका आधारमा ल्याण्डफिल साइटको दुर्गन्ध हटाउन १० दिनभित्रमा रसायनिक वा जैविक उपचार विधि अबलम्बन गरिनेछ ।
अहिले घर बाहिर निकालिएको फोहोर बर्गीकरण सम्भव नभएकाले सडकमा थुप्रिएको फोहोर यथास्थितिमा उठाइनेछ । यो क्रम बढीमा असार मसान्तसम्म चल्नेछ । यसलाई क्रमशः बर्गीकरणको विधि अबलम्बन गरिनेछ । साइटमा पु¥याइएको फोहोरलाई माटोले छोपेर व्यवस्थापन गरिनेछ ।
साउन १ गतेबाट स्रोतमा बर्गीकरण गरिएको फोहोर संकलन तथा ढुवानी कार्य हुनेछ ।
प्रतिवद्धताअनुसार आजबाट उपयुक्त विधिबाट साइटमा फोहोर व्यवस्थापनका लागि धुनिसेँसी नगर र ककनी गाउँपालिकाले सहयोग र सहजीकरण गर्नेछन् ।
प्रतिवद्धता हस्ताक्षर अवसरमा सहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह, धुनिवेँसी नगरका प्रमुख बालकृष्ण आचार्य, ललितपुर महानगरकी उपप्रमुख मञ्जली शाक्य, ककनी गाउँपालिकाका अध्यक्ष श्री सुमन तामाङ्, उपाध्यक्ष मीठूमाया तामाङ् सहभागी हुनुहुन्थ्यो । यसैगरी जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरी, ककनी गाउँपालिका वडा ३ का अध्यक्ष घननाथ बजगाईँलगायत जनप्रतिनिधि तथा पदाधिकारी सहभागी हुनुहुन्थ्यो । उहाँहरुको रोहवरमा हस्ताक्षर भएको हो ।
साइटमा फोहोर लैजान नसकेपछि टेकुका स्थानीयले ट्रान्सफर स्टेशन बन्द गराएका थिए । नियमित फोहोर ढुवानी हुनेभएपछि मात्र खोल्ने उनीहरुले भन्दै आएका थिए ।
महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईकाअनुसार आजैबाट फोहोर संकलन, ढुवानी र अन्तिम व्यवस्थापन कार्य थालनी हुनेछ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App