वि.सं.: २०८२, पुस ९ बुधबार
इ.स.: 2025 December 24,WEDNESDAY
वि.सं.: २०८२, पुस ९ बुधबार
पहिलो चौमासिकमा लक्ष्यको २७.११ प्रतिशत राजस्व संकलन
काठमाडौँ । चालु आर्थिक बर्षको पहिलो चौमासिक अवधिमा काठमाडौँ महानगरपालिकाले लक्ष्यको २७.११ प्रतिशत राजस्व संकलन गरेको छ । १० अर्व ८० करोड ७८ लाख २० हजार वार्षिक लक्ष्यमा साउन, भदौ, असोज र कार्तिक गरी ४ महिनामा २ अर्ब ९२ करोड ९६ लाख ९ हजार ७२९ रुपैयाँ राजस्व संकलन भएको राजस्व विभागका प्रमुख ध्रुवकुमार काफ्लेले जानकारी दिनुभयो । गएको बर्ष यस अवधिमा २६.४९ प्रतिशत राजस्व उठेको थियो । त्यो बर्ष १० अर्व ४१ करोड ९५ लाख ४९ हजार रुपैयाँ लक्ष्य राखेकोमा २ अर्ब ७५ करोड ९८ लाख ६४ हजार ५६५ रुपैयाँ संकलन भएको थियो ।
शीर्षकगत रुपमा हेर्दा प्रशासनिक सेवा शुल्कमा लक्ष्यको सबैभन्दा धेरै १४७ प्रतिशत धेरै रकम संकलन भएको छ । यसमा २० लाख रुपैयाँ वार्षिक लक्ष्य राखिएको थियो ।
१ अर्ब ५० करोड लक्ष्य राखिएको सम्पत्ति करमा ४१ करोड ८६ लाख ९३ हजार ५५४ रुपैयाँ (२७.९१%) राजस्व संकलन भएको छ । गएको बर्ष यस शीर्षकमा १ अर्ब लक्ष्य राखिएको थियो । पहिलो चौमासिकमा ५२ करोड ४७ लाख ८० हजार ८४ रुपैयाँ (५२.४८%) प्रतिशत राजस्व उठेको थियो । यस बर्ष २ अर्ब ६६ करोड लक्ष्य राखिएको घर बहाल करमा ८१ करोड ९२ लाख ५१ हजार ८३७ रुपैयाँ (३०.८०%) राजस्व संकलन भएको छ । यही शीर्षकमा गएको बर्ष २ अर्ब लक्ष्य राखिएको थियो । यस अवधिमा लक्ष्यको ३९.१९% अर्थात् ७८ करोड ३७ लाख ५ हजार १५३ रुपैयाँ संकलन भएको थियो ।
यस बर्ष १ अर्व २० करोड लक्ष्य राखिएको घरजग्गा रजिष्ट्रेसन दस्तुरमा १० करोड ९२ लाख ५५ हजार ९९१ रुपैयाँ (९.१०%) राजस्व संकलन भएको छ । यस शीर्षकमा गएको बर्ष २ अर्ब ५० करोड रुपैयाँ लक्ष्य राखिएको थियो । यस शीर्षकमा पहिलो चौमासिक अवधिमा ११ करोड ६८ लाख ३५ हजार ४८६ रुपैयाँ (४.६७%) राजस्व संकलन भएको थियो । घरजग्गा रजिष्ट्रेसन दस्तुरको लक्ष्य चालु आर्थिक बर्षमा किन घटाइयो, प्रश्नको उत्तरमा राजस्व विभागका प्रमुख काफ्ले भन्नुहुन्छ, ‘घरजग्गाको कारोवार सबै समयमा एकै प्रकारको छैन । कहिले धेरै र कहिले कम हुन्छ । विगत ३ बर्षदेखिको घर जग्गा रजिष्ट्रेसनबाट प्राप्त भएको दस्तुरको विश्लेषण गर्दा कारोबार घटिरहेको अवस्था देखिएको र कित्ताकाटका लागि सरकारले छिटो छिटो निर्णय परिवर्तन गरेको देखिएकाले यस शीर्षकमा राजस्व संकलनको लक्ष्य घटाएका हौँ ।’
यस बर्ष ससर्त अनुदान चालुतर्फ १ अर्ब ४२ करोड ६७ लाख ४६ हजार रुपैयाँ र ससर्त अनुदान पुँजीगततर्फ २९ करोड ५० लाख रुपैयाँ लक्ष्य राखिएको छ । यी शीर्षकमा क्रमशः ३५ करोड ६६ लाख ११ हजार ५ सय रुपैयाँ (२४.९९%) र ७३ लाख ७५ हजार रुपैयाँ (२५.००%) प्राप्त भएको छ । गएको बर्ष यी शीर्षकमध्ये चालुतर्फ १ अर्ब २८ करोड ९६ लाख ६ हजार रुपैयाँ र पुँजीगतर्फ २४ करोड १० लाख रुपैयाँ लक्ष्य राखिएको थियो । सरकारबाट यी दुवै शीर्षकमा एकमुष्ट ४० करोड १० लाख ११ हजार ५५० रुपैयाँ प्राप्त भयो । यसकारण गएको बर्ष हामीले चालु र पुँजीगत छुट््याउन सकेनौँ । राजस्व विभागका प्रमुख काफ्लेले यसबर्षदेखि छुट््याएर पठाउन थालिएको बताउनुभयो ।
पर्यटन शुल्क १० करोड लक्ष्य राखिएकोमा ५ करोड ९१ लाख ११ हजार ५ सय (५९.११%), २ करोड ५० लाख रुपैयाँ बेरुजु फस्र्योट गर्ने लक्ष्य राखिएकोमा १ करोड ३४ लाख ७८ हजार ९९७ रुपैयाँ (५३.९२%), अन्य बिक्रीबाट ५० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएकोमा ५० लाख ९६ हजार ५ सय रुपैयाँ (१०१.९३%) राजस्व संकलन भएको छ ।
नाता प्रमाणित दस्तुरमा ३५.४८%, प्रशासनिक दण्ड जरिवाना र जफतमा ३७.८८%, व्यवसाय रजिष्ट्रेसन दस्तुरमा ३०.७२% लक्ष्य प्राप्त भएको छ । यी शीर्षकमा क्रमशः ५० लाख रुपैयाँ, २ करोड रुपैयाँ र ७१ करोड रुपैयाँ प्राप्त हुने लक्ष्य राखिएको थियो भने १७ लाख ७४ हजार रुपैयाँ, ७५ लाख ७६ हजार ४३ रुपैयाँ र २१ करोड ८१ लाख ४५ हजार २२९ रुपैयाँ प्राप्त भएको छ ।
बाँडफाँडबाट प्राप्त हुने बिज्ञापन करबाट लक्ष्यको ४.९५% अर्थात् ३९ लाख ५७ हजार १८७ रुपैयाँ प्राप्त भएको छ । यस शीर्षकमा गएको आर्थिक बर्ष र चालु आर्थिक बर्षमा एउटै अङ्क (८ करोड रुपैयाँ) लक्ष्य राखिएको छ ।
यससँगै महानगरपालिकाले पार्किङ्क शुल्क, नक्सापास दस्तुर, शिफारिस, न्यायिक दस्तुर, व्यक्तिगत आन्तरिक अनुदान, बाँडफाँडतर्फ बन रोयल्टी, वित्तीय निकायबाट प्राप्त हुने व्याज, समानीकरण अनुदानलगायत शीर्षकबाट आय प्राप्त गर्छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App