वि.सं.: २०८२, पुस २ बुधबार
इ.स.: 2025 December 17,WEDNESDAY
वि.सं.: २०८२, पुस २ बुधबार
बैङ्कका शौचालय सार्वजनिक प्रयोगमा ल्याउन नविल र काठमाडौँ महानगरविच सम्झौता
काठमाडौँ । नविल बैङ्कको कार्यालयमा भएका शौचालय सार्वजनिक प्रयोगमा आउने भएका छन् । यस सम्बन्धी आज काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड््याल र बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहविच सम्झौता पत्रमा हस्ताक्षर भयो । सम्झौताबमोजिम बैङ्कले सार्वजनिक शौचालय लेखेको संकेत चिन्ह स्पष्ट देखिने गरी राख्नेछ । यस बोर्डमा बैङ्कले सार्वजनिक उत्तरदायित्वअन्तर्गत काठमाडौँ महानगरपालिका र नविल बैङ्क लिमिटेडको सहकार्यबाहेक अन्य कुनै पनि प्रकारका प्रचार सामग्री राख्न पाउनेछैन ।
सम्झौता आउँदो ५ बर्षका लागि हो । यस अवधिमा वैङ्कले केन्द्रीय कार्यालय र शाखा कार्यालयका शौचालय सार्वजनिक प्रयोगका लागि उपलब्ध गराउनेछ । यसरी उपलब्ध गराइएका शौचालयको मर्मत सम्भार गर्ने, सरसफाइ गर्न आवश्यक सामग्री तथा पानी, सुगन्धका सामान व्यवस्था गर्ने जिम्मा बैङ्ककै हुनेछ । वैङ्कले सेवाग्राहीलाई आफ्नो सेवा लिन करकाप वा प्रोत्साहन गर्नेछैन ।
यसरी सञ्चालन भएका शौचालयको अवस्था अनुगमन तथा मुल्याङ्कन गर्न दुवै पक्षबाट १÷१ जना प्रतिनिधि तोक्नेछ । उनीहरुले हरेक ४ महिनामा प्रतिवेदन दिनेछन् ।
सम्झौतापछि बोल्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत पौड््यालले, सानो तर महत्वपूर्ण, नागरिकले सुनेको र देखेको सेवा लिन यसप्रकारको सम्झौता गरिएको उल्लेख गर्नुभयो । सेवाबाट नागरिकले प्रत्यक्ष लाभ लिन पाउनेछन् । यस्तै शौचालयको प्रयोग सम्बन्धी चेतना स्तर बढ्दै जानेछ । उहाँको भनाइ थियो ।
नागरिकको जीवन सहजता, सहरी व्यवस्थापन तथा सेवा वितरणका लागि बैङक महानगरसँग नजिक बसेर काम गर्न चाहन्छ । त्यस अवसरमा वैङ्कका प्रमुख कार्यकारी अधिकृत शाहले सहर सबैको भएकोले यसको संरक्षण र व्यवस्थापनमा सबै मिलेर काम गर्नुपर्ने उल्लेख गर्नुभयो । महानगरको नेतृत्वमा आफूहरुले जिम्मेवारी पाए दायित्व बहन गर्न आफू तयार रहेको उहाँको भनाइ थियो ।
सम्झौतापछि बैङ्कका प्रतिनिधि मण्डलले महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) सँग भेटेर आफू महानगरसँग नजिक रहेर दायित्व बहन तत्पर रहेको बताउनुभएको थियो ।
त्यस क्रममा प्रमुख (बालेन) शाहले बैङ्कहरुको फोहोर व्यवस्थापन कसरी गरिरहेका छन् । महानगरसँग उनीहरु कस्तो खालको सहकार्य गर्न चाहन्छन्? जिज्ञासा राख्नुभएको थियो ।
काठमाडौँ महानगरपालिकाले सार्वजनिक शौचालय पहिचानका लागि नीलो पृष्ठभूमिको संकेत चिन्ह तयार पारेको छ । सर्वसाधारण प्रयोगकर्तालाई सार्वजनिक शौचालय चिन्न सजिलो होस् र सबै सार्वजनिक शौचालयको पहिचान एउटै होस् भनेर संकेत चिन्ह तयार पारिएको हो ।
गोलो रेखाभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको छ । बिच भागमा सेतो रङ्मै महिला र पुरुषको चिन्ह रहेको छ । संकेत चिन्हको पुछारमा अंग्रेजी भाषामा ‘पब्लिक ट्वाइलेट’ लेखिएको छ ।
महानगर क्षेत्रभित्रका होटल, रेष्टुरेन्ट, बैङ्क, व्यापारिक भवन, कम्पनी, फर्म, गैर सरकारी संघ संस्थाका शौचालयलाई सार्वजनिक बनाउन इच्छुकहरुलाई महानगरको सार्वजनिक निजी साझेदारी एकाईमा सम्पर्क राख्न सार्वजनिक आव्हान गरिएको छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App