वि.सं.: २०८३, असोज १६ शुक्रबार
इ.स.: 2026 October 2, FRIDAY
वि.सं.: २०८३, असोज १६ शुक्रबार
'रैथाने ज्ञान, सिप र अभ्याससँग सम्बन्धित विज्ञान खोज्न र प्रवर्धन गर्ने काम पहिलो हो' - कार्यवाहक प्रमुख, डंगोल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आउँदो मंसिर ७ गतेदेखि इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्सन (आईएचआरआर) सँगको सहकार्यमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक २०२६’ आयोजना गर्ने भएको छ । जलवायु परिवर्तन तथा विपद् जोखिम न्यूनीकरणका विषयमा समुदायस्तरदेखि प्राज्ञिक समुदायसम्म सहभागी गराएर सचेतनामूलक तथा सहभागितामूलक सप्ताहव्यापी कार्यक्रम आयोजना हुनेछन् । आज महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको रोहवरमा प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल र आईएचआरआरका कार्यकारी निर्देशक सुरज गौतमले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
जलवायु तथा विपद् जोखिम न्यूनीकरण सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला बिच सहकार्य सुदृढ गर्ने, सहरी वातावरण र विपद् उत्थानशीलताका विषयमा नगरस्तरीय सञ्जाल निर्माण गर्ने तथा बालबालिका, युवा, समुदाय, जोखिममा रहेका वर्ग, अनुसन्धानकर्ता र सरोकारवालाको समस्या समाधानका उपायमा सहभागिता बढाउने उद्देश्यले कार्यक्रम गर्न लागिएको हो ।
सहमतिपछि कार्यक्रमबाट अपेक्षित नतिजाका विषयका कुरा गर्दै कार्यवाहक प्रमुख डंगोलले, जलवायुको प्राकृतिक स्वरुप बिग्रिन नदिन अभ्यास गरिएको रैथाने ज्ञान, सिप र अनुभवलाई बिज्ञानसँग जोड्ने कामलाई प्राथमिकतामा राख्न निर्देशन दिनुभयो । ‘पूर्खाले गरेको अभ्यास, उहाँहरुको ज्ञान र सिप व्यवस्थित थियो । यो व्यवस्थापनको ज्ञानलाई विज्ञानसँग जोड्न नसकिएकाले मौलिक क्षमता ह्रास भएको छ ।’ उहाँले भन्नुभयो, ‘प्रकृति र प्राकृतिक मौसम जोगाउन समुदायका अभ्यास र तथ्यलाई कार्यक्रम सञ्चालनको आधार बनाउनुपर्छ । यसलाई जोगाउने कामलाई आवश्यकताका आधारमा प्रविधि र नयाँ अभ्याससँग जोड्न पनि सकिन्छ ।’
‘सहर जोगाउन महानगरपालिकाको मुख हेरेर मात्र हुँदैन । जोसँग जुन क्षेत्रको ज्ञान र क्षमता छ । त्यसको प्रयोग पनि गर्नुपर्छ ।’ आइएचआरआरका कार्यकारी निर्देशक सुरज गौत्तमले भन्नुभयो, ‘मैले करिब ४ वर्ष अघि मेयर्स रिसर्च फेलोसिपमा गरेको अनुसन्धानबाट प्राप्त शिफारिसलाई कार्यान्वयन गर्ने अवसरको सदुपयोग गर्नेछु ।’ गौत्तमले २०७ सालमा ‘काठमाडौँमा ढुङ्गेधाराको नक्साङ्कन र संरक्षणका सम्भावना’ विषयमा सहरी योजना आयोगबाट फेलोसिप प्राप्त गर्नुभएको थियो ।
कार्यमूलक सप्ताहव्यापी कार्यक्रममा सहरी बाढी, डुबान, अत्याधिक गर्मी, वायु प्रदषण, जलस्रोतमा बढ्दो चाप, फोहरमैला व्यवस्थापन, हरियाली क्षेत्रको संरक्षण तथा सांस्कृतिक र पर्यावरणीय सम्पदामाथिको जोखिम न्यूनीकरणका विषयमा नीति संवाद तथा व्यावहारिक कार्यक्रम सञ्चालन गरिनेछन् ।
कार्यक्रममार्फत जलवायु उत्थानशीलतालाई महानगरपालिकाको योजना तथा बजेट तर्जुमा, जलवायु वि र नीति निर्माण प्रक्रियासँग जोड्ने तथा सम्पदा, परम्परागत ज्ञान, खाद्य प्रणाली र परम्परागत जल प्रणालीको संरक्षण र प्रवर्धनमा जोड दिइनेछ । यसबाट आगामी दिनमा कार्यान्वयन गर्नुपर्ने प्राथमिकताका विषयमा व्यावहारिक सुझाव तथा प्रतिबद्धता तयार हुने अपेक्षा गरिएको छ ।
कार्यक्रमहरु महानगरपालिकाका सभा हल, बैठक कक्ष, विद्यालय, खुला तथा सम्पदा क्षेत्रलगायतका स्थानमा सञ्चालन गरिनेछ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App