वि.सं.: २०८३, असोज २७ मंगलबार
इ.स.: 2026 October 13,TUESDAY
वि.सं.: २०८३, असोज २७ मंगलबार
'स्थानीयलाई आयमार्फत आत्मनिर्भर र रोजगारीका लागि आत्मविश्वाश विकास गर्न चाहेका छौँ' – वडाध्यक्ष महर्जन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर १८ ले आजदेखि भुरुङ्खेलमा तेस्रो संस्करणको सिप मेला सुरु गरेको छ । उद्यमशील विकास, रोजगारमूलक तथा स्वरोजगारमूलक र समाज व्यवस्थापनसँग सम्बन्धित विषय मेलामा प्रशिक्षण हुनेछ । वडाध्यक्ष न्हुच्छेकाजी महर्जन भन्नुहुन्छ, ‘उद्यमबाट आयको स्तर बढाउने तथा आफैँ सामान उत्पादन गरेर खर्च घटाउने र रोजगारमूलक क्षेत्रमा जान आत्मविश्वाश बढाउने उद्देश्य राखेर हामीले नियमित रुपमा सिप मेला गरिरहेका छौँ ।’
विगत प्रशिक्षणका विषय र स्थानीयबासीको जीवन स्तरमा परेको सकारात्मक प्रभाव स्मरण गर्दै महर्जनले भन्नुभयो, ‘डल्लो साबुन, झोल साबुन र सरफ बनाउने, कपडाका जुत्ता बनाउने, रेशमी धागोबाट हस्तकलाका सामान बनाउने, वेकरी बनाउने लगायत तालिमबाट २ हजार बढी व्यक्तिलाई प्रशिक्षित गरिसकेका छौँ ।’
वडा सदस्य हेराशोभा डंगोल (महर्जन) का अनुसार यस वर्ष कार ड्राइभिङ्, स्वीमिङ्, वारिस्ता, बेकरी, खेलौना बनाउने, अचार बनाउने, भान्छा औषधालय, उदघोषण गरी ८ वटा विधामा तालिम चल्नेछ । तालिम कम्तीमा ७ दिन र बढीमा १५ दिन सम्मका छन् ।
वडाले यस अघि तालिम दिएका योग्य जनशक्तिलाई प्रशिक्षक रुपमा काम गर्न प्रोत्साहन गरिरहेको छ ।
तालिममा सहभागी ७१ वर्षिया रीता तुलाधर भन्नुहुन्छ, ‘महानगरपालिकाले हाम्रा लागि दिएको तालिम लिनुपर्छ भनेर आएकी हूँ । म अब व्यवसाय त गर्दिन । तर, यसपालीको भाइटीकामा भाइहरुलाई दिने मिठाइ म आफैँ बनाएर उनीहरुलाई खुशी बनाउँछु । आफूले बनाउँदा स्वच्छ पनि हुन्छ । स्वस्थ पनि हुन्छ । मैले बजारमा गर्नुपर्ने खर्च घटाउनु पनि त मेरा लागि त फाइदा भयो नि ।’




निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App