वि.सं.: २०८२, कात्तिक १५ शनिबार
इ.स.: 2025 November 1,SATURDAY
वि.सं.: २०८२, कात्तिक १५ शनिबार
लेखा परीक्षणको प्रारम्भिक प्रतिवेदन : वडाका कर्मचारीहरुसँग अन्तरक्रिया
काठमाडौँ । प्रणालीलाई पछ्याउने र कानुनको पालनामा सजग भएपछि वेरुजुको मात्रा घट्ने काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले बताउनुभएको छ । ‘सानातिना कुरामा ख्याल नपुग्दा तथा यस्ता कुरालाई ध्यान नदिँदा कहिलेकाहीँ असल नियतले गरेका कामका विषयमा प्रश्न आउन सक्छन् ।’ प्रमुख शाहले भन्नुभयो, ‘वित्तिय अनुशासनको पालना गरेर बेरुजु हुन नदिने वातावरण सिर्जना गर्नुपर्छ ।’
आज आन्तरिक लेखा परीक्षण तथा बेरुजु समपरीक्षण एकाईले वडा सचिव, लेखापाल र इञ्जिनियरहरुसँग गरेको अन्तरक्रियाका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।
अन्तरक्रियामा उपप्रमुख सुनिता डंगोलले, हतारमा काम नगर्न सुझाव दिनुभयो । ‘भोलि वेरुजु देखिने गरी काम गर्नुहुँदैन । अहिले सम्पन्न गरेका काम सम्बन्धी भोलि फाइल पल्टाएर सुरुदेखि हेर्नु नपरोस् ।’ उपप्रमुख डंगोलको भनाइ थियो ।
अन्तरक्रियामा प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले, हिजोका वेरुजुलाई न्युनीकरण गर्ने र आगामी दिनमा वेरुजु हुन नदिनेतर्फ आफूले काम गरिरहेको उल्लेख गर्नुभयो । ‘हामी यो आर्थिक बर्षको अन्त्यसम्ममा पेश्की शुन्य अभियानमा छौँ ।’ उहाँले भन्नुभयो, ‘लेखा परीक्षण प्रतिवेदनमा देखाइएका नियमित गर्न मिल्ने बेरुजुलाई नियमित गर्छौैँ । त्यस्तै समपरीक्षण र असुलउपर विधिबाट बेरुजु घटाउँछौँ ।’
अन्तरक्रियामा प्रशासन विभागका प्रमुख महेश काफ्ले, वित्त विभागका प्रमुख बुद्धरत्न मानन्धर, सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापा र राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले आफूमातहत वडाबाट भएका काम र वेरुजु तथा फस्र्यौटका लागि अबलम्बन गरिनु पर्ने प्रक्रियाका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो ।
यस्तै वडासचिवहरु यम बसेल, शुशिल सुवेदी, रमेश घिमिरे, सुवोध खड्का, कमल गौत्तम, सुरेश साहु, जयदेव घिमिरे, श्याम पाण्डे, शिवराज सोती, देवी वस्ती, टंक बराल, मञ्जु आचार्य, चन्द्रगोपाल प्रधान, सुनिल राजभण्डारीसहित सहभागीले वडाबाट हुने प्राविधिक र प्रशासनिक कामको अन्तरसम्बन्ध मिलाउनु पर्नेमा जोड दिनुभयो । वडा सचिवलाई प्रत्यायोजन हुने अधिकार, योजनाको स्वीकृत गर्ने दायरालगायत व्यवहारिक कुराहरुमा उहाँहरुले धारणा राख्नुभएको थियो । वडाबाट गरिने पूर्वाधारमा लगत इष्टिमेट, मुल्याङ्कन र भुक्तानी प्रक्रियाको सम्बन्धमा उहाँहरुको जोड थियो । उहाँहरुले घटना दर्ता समयमा हुन नसक्दा सामाजिक सुरक्षाका कार्यक्रममा वेरुजु देखिएको औँल्याउनुभएको थियो ।
वडा १६ का लेखा प्रमुख चिनीकाजी महर्जनले वडाको वित्तिय व्यवस्थापनमा आन्तरिक समन्वय प्रणाली बलियो बनाउनुपर्नेमा जोडदिनुभयो ।
यस्तै इञ्जिनियर सुमन बादे श्रेष्ठले प्राविधिक र प्रशासनिक विषयलाई छुट््याएर आफ्ना आफ्नै क्षेत्रमा जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
महानगरले वडामा पूर्वाधार विकास र प्रशासनिक खर्च निकासा दिने गरेको छ । यसरी निकासा गरिएको रकम खर्च गर्दा देखिएका वेरुजु व्यवस्थापनका लागि वडाका कर्मचारीहरुसँग अन्तरक्रिया गरिएको हो । लेखा परीक्षण तथा समपरीक्षण एकाई प्रमुख गोपालप्रसाद पोरखेल भन्नुहुन्छ, हामीले वेरुजु फस्र्यौटको २९ प्रतिशत लक्ष्य हासिल गरिसकेका छौँ । प्रक्रियामा रहेको प्रगति ४५ प्रतिशत पुग्न लागेको छ । यो बर्षको अन्त्यसम्ममा ५० प्रतिशत पुर्याउने प्रयासमा छौँ ।
अन्तरक्रियामा वडासँग सम्बन्धित पूर्वाधार, राजस्व, वित्त र प्रशासन क्षेत्रमा छलफल गरिएको थियो ।
 निशुल्क उपचार सहजिकरण सेवा
                        निशुल्क उपचार सहजिकरण सेवा
                    
                                    
                         फोहरमैला व्यवस्थापन प्रणाली
                        फोहरमैला व्यवस्थापन प्रणाली
                    
                                    
                         पार्किङ्ग व्यवस्थापन प्रणाली
                        पार्किङ्ग व्यवस्थापन प्रणाली
                    
                                    
                         Intern आवेदन प्रणाली
                        Intern आवेदन प्रणाली
                    
                                    
                         KMC Mobile App
                        KMC Mobile App
                    
                                    
                         इजलास व्यवस्थापन प्रणाली
                        इजलास व्यवस्थापन प्रणाली
                    
                                    
                         विद्युतीय नक्शा पास प्रणाली
                        विद्युतीय नक्शा पास प्रणाली
                    
                                    
                         बिपद् सूचना ब्यवस्थापन प्रणाली
                        बिपद् सूचना ब्यवस्थापन प्रणाली
                    
                                    
                         सहकारी व्यवस्थापन प्रणाली
                        सहकारी व्यवस्थापन प्रणाली
                    
                                    
                         बोलपत्र आवहन प्रणाली
                        बोलपत्र आवहन प्रणाली
                    
                                    
                         घटना दर्ता नागरिक सेवा
                        घटना दर्ता नागरिक सेवा
                    
                                    
                         राजश्व भुक्तानी प्रणाली
                        राजश्व भुक्तानी प्रणाली
                    
                                    
                         KMC Smart Toilet
                        KMC Smart Toilet
                    
                                    
                         Metro Mart
                        Metro Mart
                    
                                    
                         KMC Parking  App
                        KMC Parking  App