वि.सं.: २०८२, पुस २ बुधबार
इ.स.: 2025 December 17,WEDNESDAY
वि.सं.: २०८२, पुस २ बुधबार
स्वास्थ्य र शिक्षालाई सेवामुलक बनाइनेछ : यी प्राथमिक क्षेत्र हुन् — प्रमुख शाह
काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले स्वास्थ्य र शिक्षा क्षेत्र व्यापारिक नभइ सेवामुलक हुनुपर्ने बताउनुभएको छ । आज छत्रपाटी निःशुल्क चिकित्सालयको अवलोकनपछि बोल्दै प्रमुख शाहले यस्तो धारणा राख्नुभएको हो । ‘स्वास्थ्य र शिक्षा मेरो प्राथमिक भिजन एजेन्डा हो । सामुदायिक अस्पताल र सामुदायिक विद्यालयहरुको गुणस्तर बढाउन हामी यही आर्थिक बर्षदेखि काम थालनी गर्नेछौँ । महानगरका आफ्नै वार्ड क्लिनिकहरुको सेवालाई स्तरीय बनाउँदै लानेछौँ । सामुदायिक अस्पतालहरुसँग सहकार्य गर्ने तथा आफै अस्पताल सञ्चालन गर्ने विषयमा हामी थप छलफल गर्नेछौँ । सामुदायिक विद्यालयको खेल मैदान व्यवस्थापन, सरसफाइ र शिक्षकहरुको तालिमका लागि काम गर्नेछौँ ।’
अस्पताल अवलोकनपछि आफूले सरसफाइ राम्रो पाएको, कम शुल्कमा सेवा राम्रो दिएको अनुभूति गरेको प्रमुख शाहको भनाइ थियो । नयाँ भवन बनेपछि पार्किङ्को समस्या कम उहाँको विश्वाश थियो ।
अस्पताल अवलोकनका क्रममा उहाँले भौतिक पूर्वाधार र सेवाको अवस्था हेर्नुभएको थियो ।
त्यस क्रममा वडाध्यक्ष नविन मानन्धरले, निःशुल्क सेवाका लागि खोलिएको अस्पतालले मागअनुसार धेरै सेवा दिनु पर्ने भएकोले पूर्ण निःशुल्क उपचारलाई निरन्तरता दिन कठिन भएको परिस्थिति औल्याउनुभयो । ‘विपन्नहरुलाई अझै पनि उपचार निःशुल्क छ । अन्यलाई पनि सेवा शुःक सहुलियत छ ।’ मानन्धरले प्रमुख शाहसँग वडाको अपेक्षा राख्दै भन्नुभयो, ‘विपन्नहरुको निःशुल्क उपचारलाई निरन्तरता दिन १ करोड रुपैयाँको अक्षयकोष स्थापना गरौँ ।’
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App