वि.सं.: २०८२, कात्तिक १२ बुधबार
इ.स.: 2025 October 29,WEDNESDAY
वि.सं.: २०८२, कात्तिक १२ बुधबार
जिम्मेवारीप्रति थप प्रोत्साहित हुन महानगर प्रहरी बललाई प्रमुख प्रशासकीय अधिकृत परियारको आग्रह
काठमाडौँ । महानगर प्रहरी बलप्रति आम नागरिकका अपेक्षा बढेको बताउँदै काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले नेतृत्वको नीति र नागरिकका अपेक्षाप्रति जिम्मेवार रहन निर्देशन दिनुभएको छ । बागदरबारस्थित प्रहरी बल, कार्यालयको निरीक्षण तथा नगर प्रहरीले सम्पादन गर्ने कामका विषयमा जानकारी लिएपछि
नगर प्रहरी बलले आर्जन गरेको जनविश्वाशलाई आत्मीयतासँग जोड्दै लैजान निर्देशन दिनुभएको हो । ‘तपाईँहरुले धेरै काम गर्नु भएको छ । राजधानी सहरको व्यवस्थापनमा यसलाई बढाउनु र दिगो बनाउनु पर्ने छ ।’ उहाँको भनाइ थियो ।
‘नेतृत्वका नीति र नागरिकका अपेक्षालाई पूरा गराउन नगर प्रहरीको गहन जिम्मेवारी छ । यसलाई पूरा गराउन जनशक्ति थप गर्नु पर्ने अवस्था छ । आवश्यकताका आधारमा स्रोत, साधन तथा प्रविधिजन्य उपकरण उपलब्ध गराउनु पर्नेछ । यसका लागि म प्रतिवद्ध छु ।’ उहाँले भन्नुभयो, ‘उपलब्ध जनशक्तिको परिचालनबाट प्राप्त भएको उपलब्धिलाई बढाउँदै, संस्थागत गर्दै, क्षमता विकास गर्दै लैजाऔँ ।’ त्यस क्रममा उहाँले, पोशाकको गरिमा बचाउन निष्पक्षतामा संवेदनशील हुन आग्रह गर्नुभयो ।
‘प्रहरी बलले महानगरपालिकालाई ४ क्षेत्रमा विभाजन गरेको छ । यीमध्ये पूर्व र मध्य क्षेत्रको व्यवस्थापन गर्न नगर प्रहरी उपरीक्षकको नेतृत्वमा र पश्चिम र उत्तर क्षेत्रको व्यवस्थापन गर्न नायव प्रहरी उपरीक्षकको नेतृत्वमा टोली परिचालन हुने गरेको जानकारी छ ।’ प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले भन्नुभयो, ‘वातावरण व्यवस्थापन, जुद्ध बारुण यन्त्र कार्यालय सञ्चालन, अनधिकृत सवारी पार्किङ् व्यवस्थापन, तार व्यवस्थापनलगायतका काममा नगर प्रहरी परिचालन गर्ने गरिएको छ ।’
निरीक्षणका क्रममा नियन्त्रण कक्ष सञ्चालन, खाना खाने मेस, पकाउने ठाउँ, बस्ने तथा सुत्ने कक्षको निरीक्षण तथा सवारी साधनहरुको अवस्था र परिचालन हेरिएको थियो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App