वि.सं.: २०८२, माघ १९ सोमबार
इ.स.: 2026 February 2,MONDAY
वि.सं.: २०८२, माघ १९ सोमबार
चालु आ. व. को बजेट समीक्षाबाट प्राप्त निचोडलाई आगामी वर्षको बजेट तर्जुको आधार बनाउनु पर्नेमा समितिका संयोजकहरुको जोड
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको कार्यपालिकाअन्तर्गत समितिका संयोजकहरुले आ. व. २०८१/०८२ को बजेट
तर्जुमा गर्नु अघि चालु आर्थिक वर्षमा कार्यान्वयन गरिएको बजेटमाथि सुक्ष्म समीक्षा गर्नु पर्नेमा जोड दिनुभएको छ । आज महानगरपालिकाकी उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिकी संयोजक सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकमा उहाँहरुले यस्तो धारणा राख्नुभएको हो ।
यसरी साझा धारणा राख्नेहरुमा प्रवक्ता एवं सूचना प्रविधि समितिका संयोजक नविन मानन्धर, वित्त समितिका संयोजक ईश्वरमान डंगोल, सुशासन समितिका संयोजक ख्यामराज तिवारी, राजस्व समितिका संयोजक नवराज पराजुली, विधायन समितिका संयोजक मचाराजा महर्जन, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, सामाजिक समितिका संयोजक रामकुमार के. सी. हुनुहुन्थ्यो ।
‘नगर सभाले स्वीकृत गरेको बजेट र कार्यक्रम निर्वाध कार्यान्वयनमा आउनु पर्छ । यसका लागि जनप्रतिनिधि र कर्मचारीका बिच समन्वय हुनुपर्छ । कार्यान्वयनमा आएका कार्यक्रमहरुको नियमित समीक्षा हुनुपर्छ । आउँदो वर्षका लागि बजेट तर्जुमा गर्नुअघि चालु आर्थिक वर्षको बजेट कार्यान्वयनका सिकाइ र चुनौतीको समीक्षा हुनुपर्नेमा उहाँहरुको जोड थियो । केन्द्र र वडाका योजना दोहोरिनु हुँदैन । समिति सक्रिय हुनुपर्छ । समितिले गरेका निर्णयहरु कार्यान्वयन सुनिश्चित हुनुपर्छ । कुनै विषयमा जनप्रतिनिधि र कर्मचारीका बिच कानुनी बुझाइ एउटै हुनुपर्छ ।’ समितिका संयोजकहरुले राख्नुभएका समान धारणा हुन् ।
ठूला योजनाका लागि स्वीकृत विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) का आधारमा बजेट तर्जुमा गर्नु पर्ने, कार्यान्वयनमा आउन नसक्ने योजनाका लागि बजेट विनियोजन गर्नु नहुनेमा उहाँहरुले जोड दिनुभएको थियो ।
बैठकमा उपप्रमुख एवं तर्जुमा समितिकी संयोजक डंगोलले, चालु आर्थिक बर्षमा कार्यान्वयन गरिएको बजेटका उपलब्धीलाई ग्रहण गर्दै कमजोरी दोहोरिन नदिनमा सबै समान चनाखो हुनपर्नेमा जोड दिनुभयो ।
बजेट तर्जुमा क्रममा पर्याप्त छलफल गरिनेछ । व्यक्ति परिवर्तनले प्रणालीमा प्रभाव नपर्ने संयन्त्र तयार पारिनेछ । बैठकमा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले प्रशासनिक नेतृत्वले जवाफदेही भएर काम गर्ने बताउनुभयो ।
बैठकमा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी, आयोगका सदस्यहरु, विभाग, आयोजना, सचिवालय, कार्यक्रम र एकाइका प्रमुखहरुको सहभागिता थियो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App