वि.सं.: २०८२, माघ १९ सोमबार
इ.स.: 2026 February 2,MONDAY
वि.सं.: २०८२, माघ १९ सोमबार
प्रमुख प्रशासकीय अधिकृत परियारसँग बेलायतको लिभरपुल सिटी काउन्सिलका प्रमुख कार्यकारीको भेट
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार र वेलायतको लिभरपुल सिटी काउन्सिलका प्रमुख कार्यकारी एन्ड्र्यु लेवीसबिच द्विपक्षीय भेट भएको छ । सोमबार परियारको सभाकक्ष काठमाडौँ प्लाजामा
भेट भएको हो । भेटका क्रममा सहरी व्यवस्थापनमा आपसी प्रशासनिक प्रक्रिया, सेवा व्यवस्थापनलाई चुस्त बनाउन प्रयोग गरिएका विद्युतीय सेवा र सम्भावित आपसी सहकार्यका विषयमा कुराकानी भएको थियो ।
कुराकानीका क्रममा प्रमुख प्रशासकीय अधिकृत परियारले भन्नुभयो, ‘फरक परिवेशका दुई सहरका बिचमा असल अभ्यासहरुको प्रवर्धन र सिकाइ आदानप्रदान गर्न सकिन्छ ।’ काठमाडौँको अभ्यासका विषयमा जानकारी दिँदै उहाँले, सेवा, सुविधा र विकास व्यवस्थापन, विद्युतीय सेवा प्रवाह र पेशागत दक्षता अभिवृद्धि गर्ने जस्ता कार्यक्रमलाई साझा कार्यक्रमका रुपमा सञ्चालन गर्न सकिन्छ ।
काठमाडौँ युनेस्को रचनात्मक सहरमा सूचीकृत भएको थाहा पाउँदा अझ आत्मीय सम्बन्ध भएको महसुस भयो । भेटका क्रममा सिटी काउन्सिलका प्रमुख कार्यकारी एन्ड्र्युले भन्नुभयो, ‘सहरहरुका प्रशासनिक समस्या उस्तै छन् । यसलाई समाधान गर्ने तथा साझा प्रयत्नबाट सेवाको गुणस्तर सुधार गर्ने दिशामा काठमाडौँ र लिभरपुल बिच सहकार्य गर्न सकिन्छ ।’
भेटका क्रममा वित्त विभागका प्रमुख डा. शिवराज अधिकारीले, काठमाडौँको राजनीतिक, प्रशासनिक तथा सहरी व्यवस्थापन अभ्यासका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । त्यस अवसरमा विभागीय प्रमुखहरु सहभागी हुनुहुन्थ्यो ।

निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App