वि.सं.: २०८२, कात्तिक १२ बुधबार
इ.स.: 2025 October 29,WEDNESDAY
वि.सं.: २०८२, कात्तिक १२ बुधबार
आज काठमाडौँ महानगरपालिका र बुढानीलकण्ठ नगरपालिका बिच फुटबल प्रतिस्पर्धा हुँदै : प्रमुख शाहबाट खेलाडीलाई प्रोत्साहन
काठमाडौँ । उपत्यकाव्यापी अन्तरपालिका मेयर कप फुटबल प्रतियोगितामा काठमाडौँ महानगरपालिकाबाट खेल्ने खेलाडीलाई प्रमुख बालेन्द्र शाह (बालेन) ले उच्च मनोबलका साथ भाग लिन आग्रह गर्नुभएको छ । ‘खेल खेल्नुअघि
जितको आकांक्षा राख्नुपर्छ, खेल समापनपछिको नतिजालाई सहज रुपमा स्वीकार गर्नुपर्छ ।’ मंगलबार बेलुका छाउनीस्थित नेपाली सेनाको अभ्यास मैदानमा पुगेर खेलाडीहरुलाई हौसला प्रदान गर्दै भन्नुभयो, ‘काठमाडौँको पहिचानमा खेल विधा सशक्त बन्न सक्छ भन्ने कुरा यहाँहरुको खेलले प्रमाणित गर्ने अपेक्षा गरेका छौँ ।’
खेलाडीहरुसँग खेल विकासका बारेमा कुरा गर्दै प्रमुख शाहले, वडा नं. ५ को सानो गौचरण खेल मैदान, वडा नं. ३२ जडीवुटीमा रहेको मैदान स्तरोन्नति गर्ने प्रक्रिया अगाडि बढिसकेको बताउनुभयो । यससँगै विभिन्न खुला ठाउँलाई फुटबल अभ्यास गर्न सक्ने बनाइने उहाँको भनाइ छ ।
वैशाख १५ गते सुरु भएको खेलअन्तर्गत आज महानगरपालिकाको टीम र बुढानीलकण्ठ नगरपालिकाको टीमका बिचमा गोदावरी नगरपालिकाको चापागाउँ, ताहाखेल खेल मैदानमा प्रतिस्पर्धा हुनेछ । प्रशिक्षक सन्तोष न्यौपाने र पूर्व राष्ट्रिय खेलाडी विराज महर्जनको कप्तानीमा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । खेलाडीहरुको व्यवस्थापन सामाजिक विकास विभाग र खेलकुद विज्ञ नविन चित्रकारले गर्नुभएको छ ।
प्रतियोगितामा काठमाडौँ जिल्लाबाट काठमाडौँ महानगरपालिकासहित ९ वटा स्थानीय तहबाट ९ वटा टीमले भाग लिएको नगरपालिकाले जनाएको छ । ललितपुर जिल्लाका ४ वटा स्थानीय तहबाट ललितपुर महानगरपालिकासहित ५ वटा टीम र भक्तपुर जिल्लाबाट १ स्थानीय तहबाट १ वटा टीमको सहभागिता छ ।
हरेक खेलमा २० जना खेलाडी र ४ जना कार्यालयका अधिकारी गरी २४ जनाको सहभागिता हुनेछ ।
प्रतियोगिताको बिजेता टीमलाई नगद ५ लाख रुपैयाँ, उपविजेता टीमलाई नगद ३ लाख रुपैयाँ, अनुशासित टीमलाई नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ ।
उत्कृष्ट गोलकिपर, डिफेन्सर, फरवार्डर, सर्वाधिक गोलकर्ता र प्रशिक्षकलाई नगद २५ हजार रुपैयाँका दरले पुरस्कृत गरिनेछ ।
वैशाख २९ गते समापन कार्यक्रम हुनेछ ।

तस्विर : अनुप मगर
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App